कोरोनाकै कारण बालविवाह बढ्दै

२०७७ असार १९, शुक्रबार १०:१४ गते २०७७ असार १९, शुक्रबार १०:१४ गते २०७७ असार १९, शुक्रबार १०:१४ गते

काठमाडौं, १९ असार : कोरोना भाइरसका कारण बालविवाह गर्नेको सङ्ख्या बढ्ने देखिएको छ । संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए) ले यस्तो आकलन गरेको हो ।यूएनएफपीएका अनुुसार हाल विश्वमा सिर्जना भएको विकराल स्थिति अझै छ महिना लम्बिए सन् २०३० सम्म विश्व भरिका थप एक करोड ३० लाख किशोरी बालविवाह गर्न बाध्य हुनेछन् ।लैङ्गिक विभेद अन्त्य गर्न विश्वव्यापी रूपमा प्रचलित हानिकारक अभ्यासको अन्त्य गर्ने क्रममा प्रगति भइरहेको बेला यस महामारीले प्रतिकूूल अवस्था सिर्जना गर्न सक्ने स्पष्ट पारिएको छ ।

यूएनएफपीएले बिहीबार जारी गरेको विश्व जनसङ्ख्या स्थिति २०२० को प्रतिवेदन अनुसार हरेक वर्ष लाखाँै किशोरी परिवार, सँगी एवं समुदायको पूर्ण जानकारी र सहमतिमै शारीरिक र भावनात्मक हानि पु¥याउने अभ्यासको सिकार बन्न बाध्य हुने गरेको र कोरोनाले यसमा अझ नाजुक बनाएको बताइएको छ । यूएनएफपीएको प्रतिवेदन अनुसार विश्वभरका करिब १९ वटा हानिकारक अभ्यासमध्ये स्तनाकार मिलाउनेदेखि कुमारित्व परीक्षण सम्मका अभ्यासलाई मानव अधिकार उल्लङ्घनका रूपमा लिइन्छ । यी अभ्यासमध्ये मूलतः बालविवाह, छोराको चाहना बढी र छोरीलाई कम महत्त्व दिनुुलाई प्रतिवेदनले हानिकारक मानेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *