कुटाई खाने डरले के डाक्टरले हेल्मेट लगाएर बिरामीको उपचार गर्ने ? (हेर्नुहोस भिडियोसहित)

२०७७ असार २१, आईतवार २०:१४ गते २०७७ असार २१, आईतवार २०:१४ गते २०७७ असार २१, आईतवार २०:१४ गते

काठमाडौं, २१ असार : स्वास्थ्यकर्मीमाथि एकपछि अर्को आ’क्रमण हुने गरेको विरोधमा आइतबार स्वास्थ्यकर्मीहरूले माइतीघर मण्डलमा प्रदर्शन गरेका छन् ।हातमा प्लेकार्ड बोकेका स्वास्थ्यकर्मीले आफूहरूमाथि हुने हिं’सा अन्त्यका लागि मौन प्रदर्शन गरेका हुन् । सेतो एप्रोन लगाएर भेला भएका स्वास्थ्यकर्मीले हिं’साविरूद्ध शान्तिपूर्ण प्रदर्शन गरेका हुन् ।‘बिरामी हेर्न मन छ तर अझै कु’टाइ खाने डर छ, दोषीलाई कारबाही गर’ जस्ता प्लेकार्ड बोकेर उनीहरूले प्रदर्शन गरेका थिए । ‘स्वास्थ्यकर्मी कुट्न पाइँदैन,’ उनीहरूले यस्ता नारा लगाउँदै प्रदर्शन गरेका हुन् ।कोरोना महामारीकै बेला त्रिवि शिक्षण अस्पतालका चिकित्सक, धरान, रौतहट र सुदुरपश्चिम प्रदेशलगायत ठाउँमा स्वास्थ्यकर्मीमाथि कु’ट’पि’ट भएको थियो । उनीहरूले स्वास्थ्यकर्मीविरूद्ध हिं’सा अन्त्य गर्न पनि माग गरेका छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *