‘चेला सम्झेर कान समात्न खोज्नु मेरो ठूलो गल्ती भयो !’-अभिनेता भुवन केसी

२०७७ असार २५, बिहीबार १९:३२ गते २०७७ असार २५, बिहीबार १९:३२ गते २०७७ असार २५, बिहीबार १९:३२ गते

काठमाडौं, २५ असार : केही समय यता मनोरञ्जन तथा नेपाली चलचित्र क्षेत्रका कलाकारहरु एकपछि अर्को विवादि बनिरहेका छन् । पछिल्लो समय सामाजिक सञ्जालमा अभिनेता तथा निर्माता भुवन केसी र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह बीचको विवादले नेपाली कलाकारमाथी केही असार पारेको छ ।एक टेलिभिजनलाई अन्तर्वाता दिँदै अभिनेता भुवन केसीले आफूलाई जहिले पनि मिडियाले स्क्याण्डलका रुपमा मात्र प्रस्तुत गरेको बताएका छन् । उनले आफ्नो ४० वर्षको फिल्म क्षेत्रमा लागेको लगानीमा कसैले पनि औला नउठाएको बताएका छन् ।उनले फिल्म क्षेत्रमा लागेको ४० वर्षको अवधिमा अहिले सम्म कुनै पनि महिलाले आफूलाई अपमानित भएको महशुष गरेको भए पनि सार्वजनिक गर्न अनुरोध गरेका छन् । उनले आफ्नो छोरासंगै फिल्म खेलेको नायिकाले आफूलाई लगाएको त्यती ठूलो आरोपले आफूलाई निकै आश्चर्य लागेको बताएका छन् ।

उनले आफूले जहिले पनि साम्राज्ञीलाई छोरीकै रुपमा हेरेको बताएका छन् । मैले नै भित्र्याएको र मेरै छोरासंग फिल्म खेलेकी छोरी समानकी नायीकाले यस्तो आरोप लगाउँदा मलाई निकै दुख लागेको छ, उनले भने, मैले पहिला पनि छोरीकै रुपमा मानेको थिए । अहिले पनि छोरीकै रुपमा मानेको छु ।उनले कुनै बेला सुटिगंका क्रममा त्यस्तो कुनै व्यवहारले साम्राज्ञीलाई त्यस्तो लागेको भए आफूलाई थाहा नभएको बताए । उनले फिल्मको सुटिगंका क्रममा केही कुरा खान नपाएको भन्दै आरोप लगाएको हुनसक्छ, त्यो कुराले आफूलाई आश्चर्य लागेको बताएका छन् ।उनले ४० वर्षको अवधिमा कुनै पनि महिलालाई त्यस्तो व्यवहार नगरेको बताएका छन् । उनले भने, मेरो फिल्ममा काम गरेकाहरु मेरा सबै बच्चाहरु हुन्, जसरी मैले अनमोललाई लिन्छु त्यसरी नै लिन्छु । नयाँ आउनेलाई मैले एउटा शिक्षकले बच्चालाई गर्ने व्यवहार मैले गर्छु ।

उनले अगाडी भने, साम्राज्ञीमा मैले सिकाएको भन्दा बढी क्षमता थियो । सानो कुरा मैले सिकाए तर मैले भन्दा धेरै सिक्यो । उसले मलाई गुरुको इज्जत नदिएपनि एउटा फिल्म क्षेत्रको अगुवाको रुपमा मात्र लिएको भएपनि हुन्थ्यो । एउटा गुरुलाई सम्मान नगरेर त्यस्तो भनेको देखेर मलाई चित्त दुखेर फेसवुकमा लेखेको हुँ, उनले अन्तरवार्ताका क्रममा भनेका छन् ।मेरो एउटा बच्चा उसले सामाजिक सञ्जालमा हालेका शब्द र उसले प्रस्तुत गरेको बडी ल्याग्वैज हेर्नुस्, एउटा राम्रो बच्चाले त्यस्तो नगरोस् भन्ने लाग्यो, जापानमा सबैको सामुन्ने भएको कुरा हो । किन यस्तो गर्यौ भनेर भनेको हो ।मैले बच्चा सम्झेर उसको कान समात्न खोजेको हो, तर मैले गल्ती गरेछु । मैले आफ्नो कान समात्नुपर्ने रैछ । उनले भने, सबै क्षेत्रमा अभिभावक र गुरु हुन्छन् अरु क्षेत्रका बच्चाले आफ्नो अभिभावक र गुरुलाई त्यस्तो शब्द प्रयोग गरेको सुन्नुभएको छ ? उनको प्रतिप्रश्न छ ।उनले साम्राज्ञीले उठाएको विषय पछि भुवन केसीलाई ठिक्क पर्यो भनेर कसैले भनेको छ, कसैको मनमा लागेको छ भने भन्नु होला, उनले आह्वान गरेका छन् । अरुलाई भुवन केसी निर्दोश छ भन्ने थाहा हुँदा हुँदै पनि कोही नबोलेको उनले बताएका छन् । आज भुवनको पक्षमा बोल्दा भोली मलाई पनि विवादमा पार्न सक्छन् भनेर कसैले पनि साथ नदिएको बताएका बताएका छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *