खाली चेक दिने २ जना पक्राउ

२०७७ असार २७, शनिबार ०७:५० गते २०७७ असार २७, शनिबार ०७:५० गते २०७७ असार २७, शनिबार ०७:५० गते

काठमाण्डौ। बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीहरु २ जनालाई केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका १८ ताम्सिपाखा बस्ने ४८ वर्षीय सुनिता चित्रकार र काठमाडौं महानगरपालिका १४ कलंकी बस्ने ४९ वर्षीय मनोजलाल सिंह सुवाल रहेका छन् ।

प्रतिवादीहरुले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी झुक्यानमा पारी धेरै पटक बैंकहरुको चेक काटी दिएकोमा बैकिङ् कसूरजन्य अपराध गरेको ठहर गरी २०७६ फागुन २६ गते उच्च अदालत पाटनबाट सुनितालाई ३ दिन कैद र ६ लाख ५० हजार रुपैयाँ जरिवाना तथा मनोजलाललाई ७ दिन कैद र १० लाख रुपैयाँ जरिवाना सजाय हुने फैसला भएको थियो । पक्राउ उनीहरुलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको केन्द्रीय अनुसन्धान व्यूरोले जनाएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *