हिन्दु धर्मावलम्बी नारी प्रधान पर्व “तीज” नजिकिदै गर्दा मौलिक कम समयसान्दर्भिक बेसि तीज गीतहरु सार्बजनिक हुने क्रम जारी छ।।यसै क्रममा लोकप्रिय गायिका बिमला गैरे र गायक प्रेम कुमार गैरेद्वारा स्वरबद्ध तीज गीत “चुरा नारीमा” बजारमा आएको छ।। उक्त गीतको शब्द/संगीत नवप्रतिभावान सर्जक गोबिन्द सुनामको रहेको छ।
गोबिन्द सुनाम र ममता सुनामको प्रस्तुती रहेको तीज गीतलाई परिनिर्वाण क्रियसन प्रा.ली. ले बजारमा ल्याएको हो। अहिलेका चर्चित निर्देशक काजिश श्रेष्ठको निर्देशन रहेकोछ यो गीतमा कोरियोग्राफी भने चर्चित डान्स डाइरेक्टर राजकुमार दर्जिको छ।। बहुचर्चित मोडल तथा नायिका अञ्जली अधिकारीले महिला मोडलको भुमिका निर्वाह गरेकीछन् भने उनलाई चर्चित नृत्य निर्देशक एवं मोडल तथा नायक राजकुमार दर्जीले साथ दिएकाछन् ।यो गीतलाई PB Music Creation युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ।
Views: 0