प्रधानमन्त्री ओलीबारे अनर्गल प्रचार गर्ने भारतीय टेलिभिजनले माफी माग्यो

२०७७ असार २८, आईतवार ०८:१९ गते २०७७ असार २८, आईतवार ०८:१९ गते २०७७ असार २८, आईतवार ०८:१९ गते

काठमाडौं । भारतीय टेलिभिजन जी न्युजले नेपालका प्रधानमन्त्री केपी शर्माओली र नेपालका लागि चिनियाँ राजदूत होे यान्छीसँग जोडेर बनाइएको प्रचार सामाग्रीलाई लिएर माफी मागेको छ । उक्त टेलिभिजन शुक्रबार माफी मागेको हो ।
केही दिनअघि उक्त टेलिभिजनले ‘ओलीकी इस्किया’ कार्यक्रममार्फत नेपालका प्रधानमन्त्री ओली र चिनियाँ राजदूत यान्छीको चरित्रमै प्रश्न उठ्ने गरी विवादित सामाग्री प्रशारण गरेको थियो ।

उप्रचार सामाग्रीको नेपाल लगायत भारतमा समेत चर्को विरोध भएपछि जी टेलिभिजन माफी माग्न बाध्य भएको हो ।यता, सोही कार्यक्रमको विषयलाई लिएर नेपालका मल्टी सिस्टम अपरेटहरुले बिहीबार भारतीय समाचार च्यानलहरुमा प्रतिबन्ध लगाएका थिए । उनीहरुको कदमलाई नेपाल सरकारले समेत समर्थन जनाइसकेको छ । त्यस्तै प्रेस काउन्सिल नेपालले समेत भारतीय प्रेस काउन्सिललाई एक पत्र लेख्दै जी न्युज टेलिभिजनलाई कार्वाहीका लागि पहल गर्न आग्रह गरेको थियो ।रातोपाटी

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *