वुद्ध श्रेष्ठले आयुष्मा कार्कीलाई ‘जवानीको वेला यस्तै हो’ भनेपछि

२०७७ असार २९, सोमबार १०:३८ गते २०७७ असार २९, सोमबार १०:३८ गते २०७७ असार २९, सोमबार १०:३८ गते

काठमाण्डौ -गौरीशंकर च्छोरोल्पा मिडिया प्रा. लि को प्रस्तुती रहेको लोक दोहारी गीत जवानीको वेलानै यस्तै हो वोलको गीतको छायांकन सम्पन्न भएको छ । पछिल्लो समय गीत लेखनमा सक्रिय गीतकार प्रबिन थपलियाको शव्द रहेको गीतलाई पुरुषोत्तम न्यौपानेले संगीत भरेका छन् भने चर्चित लोकदोहारी गायक राजु परियार र सीता केसि ले गीतलाई स्वर प्रदान गरेका छन् ।केशव अधिकारीको छायांकन रहेको उक्त गीतलाई माईकलले निर्देशन गरेका छन् भने बुद्ध श्रेष्ठ र आयुष्मा कार्कीको जोडदार अभिनय रहेको छ ।

असार २७ राजधानीमा छायांकन भएको उक्त गीतको मुर्हत पनि निक्कै भव्य किसिमले सम्पन्न भएको थियो मुर्हत समारोहमा संगीतकार एवं गायक नवराज मैनाली ,च्छोरोल्पा मिडिया ब्यवस्थापक संचारकर्मी रज्जु गुरुङ, च्छोरोल्पा टिभीका प्रबन्ध निर्देशक जानकी बज्राचार्य, च्छोरोल्पा टिभीका उपाध्यक्ष विक्रम आचार्य, चलचित्र निर्देशक एवं गौरीशंकर च्छोरोल्पा मिडिया प्रा. लि को सल्लाहकार मधाब राज खरेल लगाएतको उपस्थिति रहेको थियो ।जवानीको वेलानै यस्तै हो वोलको गीतका मोडल वुद्ध श्रेष्ठ आयुष्मा कार्कीले म्यूजिक भिडियो राम्रो वन्ने र दर्शकहरुले मन पराउनेमा विश्वस्त देखिएका छन् । भिडियोलाई च्छोरोल्पा टिभीको यूटुद्यव च्यानलवाट सार्वजानिक गरिने निर्माण पक्षले वताएको छ । यस अघिपनि च्छोरोल्पा टि भि ले सार्वजानिक गरेको देशभक्तिभावको गीत नालापानी दुख्यो वोलको गीतलाई दर्शकहरुले राम्रो साथ दिएका थिए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *