साम्राज्ञीले दिइन् सफाइ

२०७७ असार ३०, मंगलवार ०९:२३ गते २०७७ असार ३०, मंगलवार ०९:२३ गते २०७७ असार ३०, मंगलवार ०९:२३ गते

काठमाडौं । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले एकपछि अर्को भिडियो सामाजिक सञ्जालमा प्रदर्शन गर्दै आफ्नो मानहानि गरेको भनाइ भुवन केसीको छ । केसीले साम्राज्ञीविरुद्ध नेपाल चलचित्र कलाकार संघमा हालेको निवेदनका बारेमा अभिनेत्री साम्राज्ञीले आफ्नो जवाफ दिएकी छन् ।नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्काले यसै विषयमा राजधानीसँग भने, ‘अभिनेत्री साम्राज्ञीले कलाकार संघ आएर आफ्नो सफाइ दिनुभएको छ । आफूले सुरुमा कुनै पनि कलाकारको नाम नतोकी भिडियो सार्वजनिक गर्दा नायक भुवन केसीले आफ्नो बारेमा फेसबुकमा लेखेको, त्यसैले आफू बोल्न बाध्य भएको जवाफ साम्राज्ञीको आएको छ ।’

आफ्ना एक वकिलसहित कलाकार संघ पुगेकी साम्राज्ञीले भुवनको निवेदनउपर लिखित नभएर मौखिक जवाफ दिएको पनि अध्यक्ष खड्काले बताएका छन् । खड्काले साम्राज्ञीको जवाफबारे भने, ‘आफूले कुनै पनि भिडियोमा भुवन केसीको नाम नलिएको र यो प्रसंगलाई अब आफूले अगाडि बढाउन नचाहेरै नयाँ भिडियो बनाउन बन्द गरेको पनि साम्राज्ञीले बताउनुभएको छ ।’अध्यक्ष खड्काका अनुसार अभिनेत्री नम्रता श्रेष्ठको साथमा कलाकार संघको कार्यालय साम्राज्ञी पुगेकी हुन् । आफूलाई केही सिनेकर्मीले राम्रो व्यवहार नगरेको कारण यसरी भिडियोमा सिनेकर्मीविरुद्धको बोल्नुपरेको पनि साम्राज्ञीले बताएकी छन् ।

कलाकार संघका अध्यक्ष खड्काले भने, ‘भुवन केसी र साम्राज्ञी राज्यलक्ष्मी शाहलाई सँगै राखेर दुई जनाबीच सहमति गराउने पहल हाम्रो जारी छ । तर, आफूले संघमा आएर अब त्यस्तो व्यवहार नगर्ने बताइसकेकाले फेरि संघ आउन साम्राज्ञी मानिरहेकी छैनन् ।’ सोहीकारण आफूहरूले अहिले निर्णय गर्न नसकेको पनि खड्काले बताएका छन् ।यसै प्रसंगमा राजधानीसँग अभिनेता भुवन केसीले भने, ‘कलाकार साम्राज्ञी राज्यलक्ष्मी शाहमार्फत मेरो मानहानि भएकाले उहाँले मलाई लगाएको आरोप पुष्टि गरिदिन मेरो माग रहेको छ । मैले आस्था मानेको नेपाल चलचित्र कलाकार संघबाट यो समस्याको समाधान भएन भने मैले मानहानिविरुद्ध चाँडै अदालत जानुपर्ने हुन्छ ।’ यदि आफूले गल्ती गरेको प्रमाणित भएमा जेल सजाय भोग्न तयार रहेको उनले बताएका छैनन् । आफ्नो गल्ती पुष्टि नभएमा साम्राज्ञीले माफी माग्नुपर्ने भुवनको माग रहेको छ ।एजेन्सी

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *