हलिउड अभिनेत्री रिवेरा हराएको ६ दिनपछि मृत अवस्थामा फेला

२०७७ असार ३०, मंगलवार १९:२३ गते २०७७ असार ३०, मंगलवार १९:२३ गते २०७७ असार ३०, मंगलवार १९:२३ गते

एजेन्सी, ३० असार : गत बुधबार बेपत्ता भएकी अमेरिकी गायिका तथा चर्चित सिरिज ‘ग्ली’ की अभिनेत्री नाया रिवेरा सोमबार दक्षिणी क्यालिफोर्निया तालमा मृत अवस्थामा फेला परेकी छिन् ।दक्षिण क्यालिफोर्निया रहेको पेरु तालमा बेपत्ता भएकी ३३ वर्षीया नाया रिवेरा ६ दिनपछि मृत अवस्थामा फेलको अन्तरास्ट्रिय मिडियाले जनाएको छ ।बच्चासँग डुङमा बोटिङमा बेपत्ता भएकी रिवेराको बच्चा तीन घण्टापछि फेला परेको बताइएको छ । उनी हलिउड गायिका तथा मोडलको रुपमा परिचित रहेकी छिन् । २००९ देखि फक्स टिभीमा सान्ताना लोपज नामक शोमा काम गरेक उनीको निधनको खबरले हलिउड शोकको डुबेको छ ।

विगत ६ दिनदेखि अभिनेत्री रिवेराको खोजीमा संलग्न सेरिफ अफिसले भेटिएको शव अभिनेत्रीकै भएको पुष्टि गरेको हो । नायाको शव भेटिएको राष्ट्रिय-अन्तराष्ट्रिय मिडियासँगै ट्विटरमा उनलाई श्रद्धाञ्जलि दिनेको ओइरो लागेको छ ।अभिनेत्री रिवेराले सानै उमेरदेखि अभिनय यात्रा सुरु गरेकी थिइन् । क्यालिफोर्नियाको शान्ता कलारितामा जन्मिएकी उनी ४ वर्षको उमेरमै सिरिज ‘द फ्रेस प्रिन्स अफ बेल-इयर, फ्यामिली म्याटर र द बर्नी म्याकमा देखिएकी थिइन् । तर, उनलाई राष्ट्रिय ख्याती ‘ग्ली’ मा निभाएको लेस्वियन किशोरीको भूमिकाले दियो । ‘ग्ली’ २००९ देखि २०१५ सम्म फक्समा प्रसारण भएको थियो ।

किशोरावस्थामा ‘इटिङ डिस्अडर’ सँग लडिरहेकी उनको यसकै कारण स्तन प्रत्यारोपन गर्नुपरेको थियो । ‘ग्ली’ मा अभिनय गर्नुअघि उनले होटलदेखि जिम लगायत धेरै ठाउँमा काम गरेकी थिइन् । ‘ग्ली’ को दोस्रो सिजनदेखि सफलता र चर्चामा तानिएकी उनले यसको सफलताबाट चलचित्रमा काम गर्ने मौका पाइन् ।उनले सन् २०१४ मा चलचित्र ‘द डेभिल्स डोर’ मा डेब्यु गर्ने मौका पाइन् । यसअघि उनले सन् २०१३ मा ‘सरी’ गीतमा पनि र्‍यापर बिग सिनसँगै गाउने मौका पनि पाइन् । उनले अभिनेता रेयन डोर्सेसँग सन् २०१४ मा विवाह गरेकी थिइन् । भने सन् २०१५ मा छोरा जोसे जन्मिएका थिए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *