‘प्रधानमन्त्रीको स्वीस ब्यांकमा खाता र ५.५ मिलियन डलर’ भ्रामकः सचिवालय

२०७७ असार ३१, बुधबार ०८:५४ गते २०७७ असार ३१, बुधबार ०८:५४ गते २०७७ असार ३१, बुधबार ०८:५४ गते

एजेन्सी। प्रधानमन्त्री केपी शर्मा ओलीको स्वीस ब्यांकमा खाता नरहेको खबर झुटो भएको उनको सचिवालयले जनाएको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रेस नोट मार्फत् यस्ता समाचार तथ्यहीन भएको जनाएका छन्।“ग्लोबल वाच एनालाइसिस’को हवाला दिदैं केही नेपाली अनलाइनहरुले गैरजिम्मेवारपूर्ण र बदनियतका साथ गरिरहेको अन्यन्त भ्रामक, गलत र चरित्र हत्या गर्न लक्षित झुठो सम्प्रेषणप्रति हाम्रो ध्यानाकर्षण भएको छ”, थापाले लेखेका छन्। उनले प्रधानमन्त्रीको नाममा स्वीस ब्यांकमा खाता रहेको र ५.५ मिलियन डलर रहेको भन्ने समाचारमा सत्यता नभएको बताएका छन्।

प्रधानमन्त्रीलाई बदनाम गराउन सुनियोजित षडयन्त्र गर्ने अनेकन तथ्वहरु सक्रिय भएको पनि उल्लेख गरेका छन्। “राष्ट्रिय हितको रक्षा, सीमा अतिक्रमण विरुद्ध नयाँ नक्सा प्रकाशनको साहसिक कदम र सर्वसम्मतिद्वारा संविधान स.शोधन जस्ता महत्वपूर्ण निर्णयमा सिंगो राष्ट्रलाई एकताबद्ध गर्दै प्रधानमन्त्रीज्यूले राष्ट्रको नेतृत्व सम्हालिनुरहनुभएको निकै संवेदनशील बेला बदनाम गराउन यस किसिमले सुनियोजित षडयन्त्र गर्ने अनेकन तत्वहरु सक्रिय रहेको प्रष्ट नै छ”, थापाले प्रेस नोटमा लेखेका छन्। प्रधानमन्त्री ओलीले विदेशका ब्यांकहरुमा ठूलो मात्रामा पैसा जम्मा गरेको चर्चा चलिरहेका बेला प्रधानमन्त्रीको सचिवालयले खण्डन गरेको हो।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *