काठमाडौं, १ साउन : बिहीबार सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेको छ ।प्रतितोला एक सय रूपैयाँले घटेर बिहीबार ९२ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।बुधबार छापावाला सुन प्रतितोला ९२ हजार ८ सयमा कारोबार भइ रेकर्ड बनाएको थियो । त्यसैगरी बिहीबार तेजावी सुन प्रतितोला ९२ हजार दुई सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।त्यस्तै, चाँदी प्रतितोला एक हजार पाँच रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0