धीरज काेरी, कपिलवस्तु | कपिलवस्तु जिल्ला काे महाराजगन्ज मा इलाका प्रहरी कार्यालय समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत काेराेना सम्बन्धि जनचेतना मुलक र्याली गरिएको छ ।लकडाउन खुकुलो भए पनि विश्व मा फैलिएको कोरोना महामारीको संक्रमण कम नभएको भन्दै सर्वसाधारणलाई सचेत बनाउन विहान ९ बजे र्यालीको आयोजना गरिएको इलाका प्रहरी कार्यालय महाराजगन्ज प्रहरी निरीक्षक हुम बहादुर पुन ले बताउनु भयो ।इलाका प्रहरी कार्यालय बाट शस्त्र प्रहरी काे उपस्थितिमा महाराजगन्ज बजार क्षेत्र भित्र र्याली गरिएर कार्यक्रममा प्याले कार्ड , पाेस्टर , लिएर र्याली सम्पन्न भएको छ ।काेराेना भाइरस लाई नियन्त्रण कसरी गर्ने , यश बाट कसरी बच्ने , समाजिक दुरी कायम गर्ने , साबुन पानी ले दिन हु हात धुने , जुनसुकै ठाउँमा जादा खेरी माक्स काे प्रयोग गर्नु इलाका प्रहरी कार्यालय महाराजगन्ज का प्रहरी निरीक्षक हुम बहादुर पुन ले जानकारी दिनु भयो ।काेराेना भाइरस नियन्त्रण कार्यक्रममा नेपाल प्रहरी , शस्त्र प्रहरी , समाज सेवी , अाम जनता र अन्य व्यक्तिहरु काे उपस्थिति रहेको थियोे ।
Views: 0