फुलाराको ‘जूनसरी विलाई गयौं…..’ लिरिकल भिडियो सार्वजनिक

२०७७ श्रावण ३, शनिबार १३:३८ गते २०७७ श्रावण ३, शनिबार १३:३८ गते २०७७ श्रावण ३, शनिबार १३:३८ गते

काठमाडौं । नेपाली साहित्य फाँटमा विशिष्ट स्थान बनाइसकेका युवा साहित्यकार भीष्म राज फुलारा गीतकारको रुपमा नेपाली गीत, संगीतको क्षेत्रमा पदार्पण गरेका छन् । श्रीफुलाराद्वारा आमाको सम्झनामा लिखित ‘जूनसरी बिलाई गयौं…..’ बोलको उक्त गीतका संगीतकार विक्रम थापा र गायक स्वरुप राज आचार्य रहेका छन् भने संगीत संयोजन विसन मानन्धरको रहेको छ । फुलारा लिटरेचर फाउण्डेसन र द लभ अफिसेस अफ बासु डि. फुलारा पि.सी.को सहकार्यमा निर्माण गरिएको उक्त गीतको लिरिकल म्यूजिक भिडियो गीतकार फुलाराको आधिकारीक युट्यूब च्यानल ‘फुलारा इन्टटेनमेन्ट’ बाट एक कार्यक्रम बिच सार्वजनिक गरिएको हो ।

गीतकार भीष्म राज फुलारा गीतका बारेमा यसो भन्छन्, ‘आज म निक्कै नै भावुक भएको छु । मैले सानैमा मेरी आमा गुमाउनु परेकोले मेरी आमाको सम्झनामा यो गीतको सिर्जना गरेको थिएँ । यसका अतिरिक्त यो गीत संसारकी आमाहरुमा समर्पित गीत हो भन्न चाहन्छु ।’ त्यसैगरी उक्त गीतका गायक स्वरुप राज आचार्य यसो भन्छन् ‘मैले मेरो २५ वर्षे सांगीतिक यात्रामा सयौं गीतहरु गाएँ । म सधै गहन गीतहरुको खोजीमा हुन्छु । गीतकार भीष्मराज फुलाराज्युका शब्दहरु निक्कै नै अब्बल रहेको पाएँ । गीतकार फुलाराजीले भने झै आमा गुमाइसकेका संसारका ती सबै सन्तानहरुको साझा गीत हो यो भन्ने कुरामा म पनि सहमत छु ।’ कार्यक्रममा उक्त गीतका संगीतकार विक्रम थापाले समेत गीतकार भीष्म राज फुलारा नेपाली गीत संगीत क्षेत्रमा अब्बल गीतकारको रुपमा पदार्पण गर्नुभएको हुँदा उत्कृष्ट गीतहरुको अभाव रहेको वर्तमान अवस्थामा फुलाराजी जस्ता संवेदनशील गीतकारको खाँचो रहेको औल्याउनु भएको थियो ।’

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *