सहनशीलता : मानव जीवनको बास्तबिक विकास

२०७७ श्रावण ३, शनिबार १९:४३ गते २०७७ श्रावण ३, शनिबार १९:४३ गते २०७७ श्रावण ३, शनिबार १९:४३ गते

प्रदेश अनलाइन खबर। धैर्यतामा रहेर आफ्नाे स्वभावलाई सच्चतामा शील गर्नु लाई सहनशीलता भनिन्छ। सहिष्णुता नै सहनशीलताकाे अर्काे परिभाषा हाे।हाम्रो जीवनमा सहनशीलताको महत्त्व अति नै रहेको छ।सहनशीलता एउटा यस्तो सत्यता हो जसलेे मानवलाई आफ्नो जीवनको बारेमा पढाउँछ।सहनशील हुनु एक मानवको गुण हो।जसले मानव जीवनको बास्तबिक विकास गर्छ।आज हाम्रो जीवनमा दुःख पिडा तनाव एकदम उग्ररूपमा रहेको पाइन्छ।त्यसको परिणाम यो हो कि हामी हाम्रो जीवनको सानो तिनो दुःख तनावलाई बढो रूपमा लिन्छौं त्यसले हामीमा थप कोध्र उत्पन गर्दछ।

हामीले सहनशीलताको गुण केवल अभ्यास बाट नै जान्न बुझ्न र सिक्न सक्छौ ।हामीले कुनै पनि कुराको सुरूवाती पूर्व योजनाबद्ध रूपमा सुनिश्चित ढंगले त्यसकाममा मिहिनेत पूर्ण लगावका साथ लागिपरेमा अवस्य पनि सहि दिशा निर्देश गर्न सक्दछौँ ।हामीले आँँफुलाई बिश्वास लाग्ने मानिसको सङ्गीत,चिन्तन र बिचारले गर्दा शुद्ध रूपमा समाजमा प्रतिष्ठित ठहरिन सक्दछौँ।हामीले सहनशीलताको गुणलाई पूर्णरूपमा जान्न सकेमा सच्चा मित्र र मान्यजनको माझमा आदार- स- सम्मान पाउँन सक्छौँ ।हतारको तनावले क्रोध पत्ता लगाउँन सक्दैँँन।त्यसैले त भनिन्छ “हतारको काम लतार ” त्यसैले पनि मानवमा सहनशीलताको भावना हुन अत्यन्तै जरुरी छ।आज हाम्रो समाजमा सन्तुष्टता प्राप्त गर्ने मानवहरू धन र भौतिक सुखको अभावमा पनि हर हालमा खुःसि सुखि छन् । त्यसैले  सोच परिबर्तन गरौँ हरेक कुराको पूर्णतामा भन्दा पनि हरेक कुराको अभावमा जिएका मानिसमा अति नै सहनशीलताको भावना लुकेको बोकेको पाइन्छ ।त्यसको मतलव यो पनि होइन कि आफुँलाई चाहिँँनेेदैनिक प्रयोग हुने वस्तुको पनि अभाबमा जिउँँ।

आजको हाम्रो समाज र बिश्व एक आफैँमा शिक्षित रहदाँ रहदैँ पनि हाम्रो समाज र विश्वले सहनशीलताको भावना नबिर्सने कुरा मा हामी बिश्वस्त छौँ ।आजको समाज र बिश्वले सहनशीलताको विषयमा गहिरो खोज अनुसन्धान गरिरकेको छ त्यसकारणले पनि हाम्रो समाज र बिश्व एक आँफै मा शिक्षित रहेको ठहर गर्दछ।आज हामी मा सहनशीलता को प्रभाव निकै नै परेको पाइन्छ ।किनकि आज हामिमा भएको सहनशीलताका कारणले आफू माथि धावा बोल्ने हरूमा एकचोटि त हो किन जाइलाग्ने उ आफै शिक्षित छ नि ।यस्तो नरम भाव पैदा भएका छन्।आज हामी हरेक कुराको अभावका बाबजुद पनि विभिन्न दुःख कष्ट पिर मर्का सबै थाती राखि सहनशीलताको भावना उच्च सोच र बिचार ध्यानमा राखि अघि बढेका छौँ ।यो हामी आफैँँ माथि थपिएको गुण स्वभाव र सहनशीलताको भावना हो।आज हाम्रो समाजमा जता ततै सहनशीलताको अनुराग फौलिएको छ।हामी त्यस अनुराग मा बिलिन हुने होइन त्यसमा थप उर्जा र मिठास पुर्ण आभास थप्नमा नतमस्तक भई अघि बढ्ने कुरामा हामी बिस्वस्त छौँ । यो हामी एक आफैंमा गौरवशाली गौरवान्वित र गौरवपूर्ण कुरा हो । तपाईंको भलाई चहाने हरूको तपाईं पनि भलाई चिताउँन सिक्नुस् ।त्यसले थप तपाईमा भएको सहनशीलताको भावनालाई प्रष्ट पार्दछ।धन्यवाद ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *