गरिब , विपन्न परिवारलाई दलित सामाजिक केन्द्र द्वारा राहत

२०७७ श्रावण ४, आईतवार १२:२० गते २०७७ श्रावण ४, आईतवार १२:२० गते २०७७ श्रावण ४, आईतवार १२:२० गते

धनी राम काेरी|कपिलवस्तु ,३ साउन| विश्व फैलिएको महामारी कोरोना भाइरसका कारण नेपाल सरकारले लक डाउन (बन्दा बन्दी) ले गरीब, विपन्न , एकल महिला र अपाडंगता भएका ब्यक्ति लाई दैनिकी जीवन विताउन निकै नै गह्रो भएको बेलामा दलित सामाजिक विकास केन्द्रद्वारा राहत वितरण गरिएको छ ।दलित सामाजिक केन्द्र र यूएमएनको सहयोगमा विगत ५ बर्ष देखि यशोधरा गाँउपालिकामा कार्य गर्दै आई रहेको र विगत २ बर्ष देखि हाम्रो पहुँच परियोजना संचालनमा रहेको छ । उक्त परियोजना बाट गाँउपालिकाको ८ वाटै वडामा १ सय ५५ जना सुनौला हजार दिनका आमा र काेराेना भाइरसका बेला जीवन विताउन गह्रौ भएको गरिब, विपन्नहरुलाई ३ सय ७७ जनालाई खाद्यन्न सामाग्री वितरण गरिएको हो । संस्थाद्धारा गठन गरिका समुहहरुका सदस्यहरुलाई दैनिक रुपमा प्रयोग गर्ने सामाग्री १ हजार ५ सय जनालाई वितरण गरिएको छ ।

सुनौला हजार दिनका आमाहरुलाई पोषण युक्त खाद्यन्न प्रति ब्यक्ति चमाल २५ किलो, चना २ किलो ५सय ग्राम, भटमास २ किलो, मटरदाल २ किलोग्राम, आलु ५ किलो, प्याज ३ किलो, चिनी २ किलो, खानेतेल १ लिटर, नून १ किलोग्राम, झूल १ थान, अण्डा १ क्यारेट, ब्रास, पेष्ट, जीभ्री, नुहाउने साबुन १÷१ पीस रहेको थियो । त्यस्तै कपडा धुने साबुन १ पीस, मह २५० ग्राम १ डिब्बा र ५ प्रकारका तरकारी वीउ विजन समेत १ पैकेट तथा १÷१ स्याउ केरा रहेको थियो ।अपाडंगता भएका ब्यक्ति, एकल महिला गरिब, विपन्नहरु चमाल २५, मटर दाल ३, चिनी १, खानेतेल १, नून १, चना २, सर्फ १, आलु ५, प्याज ३ किलोग्राम, तरकारी मसला १ पैकेट, माक्स ९५, १÷१ पीस, वितरण गरिएको छ । समुहका सदस्यहरुलाई सर्फ १ किलोग्राम, नुहाउने साबुन १ पीस, कपडा धुने २ पीस, नेलकटर १, सेनेटारी प्याड १ प्याक दिएको छ ।

गाउपालिका भित्र सवै वडा कार्यालय, स्वास्थ्य चौकी का कार्यालय, प्रहारी कार्यालय, केही पसल, विद्यालय, मर्दरसा र केही पसल मा हात धुने कुना स्थापनाका लागि पानी डाम १, बाटा १, मग १, हेण्ड वास १ र हात थुने तरिका उल्लेख गरिएको फलेक्स प्रिन्ट ब्यनर समेत लगायत का ठाउँमा राखिएको छ ।गरिब विपन्न , असहाय परिवारलाई राहत सामग्री वितरण गरेर दलित सामाजिक केन्द्र र यूएमएनले धेरै राम्रो काम काम गरेको वडा नं. २ का अध्यक्ष अब्दुल रसिद खाँले बताउनु भयो ।गरिब विपन्न र असहाय परिवारलाई धेरै बर्ष देखि यस्तो कार्य गर्दै अाएकाे र अाउने बर्षा मा पनि काम गर्ने दलित सामाजिक केन्द्र का अध्यक्ष राम शरण रैदासले बताउनु भयो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *