अब काठमाडौं उपत्यका डुबानको उच्च जोखिममा

२०७७ श्रावण ४, आईतवार १५:१५ गते २०७७ श्रावण ४, आईतवार १५:१५ गते २०७७ श्रावण ४, आईतवार १५:१५ गते

ललितपुर, ४ साउन: मनसुन सक्रिया भएसँगै देशभर बाढी पहिरोले असर देखिँदैगर्दा काठमाडौं उपत्यकामा समेत डुबान समस्या हुने उच्च जोखिम देखिएको छ।  निरन्तर वर्षाका कारण उपत्यकामा डुबानको खतरा रहेको विज्ञले बताएका छन् । केही दिनअघि देशका विभिन्न स्थानमा अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण पाँच दर्जनभन्दा बढीको मृत्यु र कयौं बेपत्ता छन् ।मौसम पूर्वानुमान महाशाखाक अनुसार अबको केही दिन अन्य स्थानसँगै काठमाडौं उपत्यकामा पानी पर्नेछ । जसले क्षति निम्त्याउन सक्नेतर्फ मौसमविद्ले सचेत हुन आग्रह गरेका छन् ।सहरी योजनाकार पद्मसुन्दर जोशीका अनुसार निरन्तर वर्षा भइरहँदा काठमाडौं उपत्यकामा डुबानको खतरा हुनसक्छ । यो समाचार आजको राजधानी दैनिकमा नवीन लुइँटेलले लेखेका छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *