पिसिआर परिक्षण निसुल्क हुनु पर्ने माग राख्दै नेपाली काङ्ग्रेस पर्साद्वारा बिरोध प्रदर्शन

२०७७ श्रावण ४, आईतवार २०:१२ गते २०७७ श्रावण ४, आईतवार २०:१२ गते २०७७ श्रावण ४, आईतवार २०:१२ गते

बिरगंज , साउन ४। नेपाल सरकारले शुल्क लिएर पिसिआर परिक्षण गर्ने निर्णयको विरोधमा नेपाली कांग्रेस पर्साले विरोध प्रर्दशन गरेको थियो ।सरकारको निर्णय फिर्ताको मांग गर्दै नेपाली कांग्रेस पर्साले आइतबार वीरगञ्ज स्थित नारायणी अस्पताल अगाडी प्लेकार्ड सहित सरकारको उक्त निर्णयको विरोध गरेका थिए नेपाली कांग्रेस पर्साका सभापति अजय कुमार द्विवेदीले कोरोना भाईरस महामारीका कारण आर्थिक संकटमा परेका आम नागरिकको पिसिआर परिक्षणका लागी ५ हजार ५ सय रूपैया शुल्क लगाएर सरकारले जनतालाई थप पिडा दिन खोजिएको आरोप लगाए ।

नारायणी अस्पतालको लागि बीरगंजवासीहरुले चन्दा संकलन गरेर पिसिआर मेसिन खरिद गरेका हुन । त्यसकारण निशुल्क परिक्षण हुनु पर्ने समेत बताए।विरोध कार्यक्रममा प्रदेश सभासदस्य ओमप्रकाश शर्मा ,बिरगंज महानगर पालिकाका उपमेयर शान्ती कार्की , जिल्ला सचिव श्याम पटेल , कोषाध्यक्ष इम्तियाज आलम ,क्षेत्रीय सभापति बिजय सराफ, नगर सभापति भोला गुप्ता,दिना गुप्ता ,प्रकाश उपाध्याय , अरविन्द गुप्ता, ललन द्विवेदी,रोशन लामिछाने , रुपा श्रेष्ठ , सुशील खेतान, सुधीर पटेल, बिकेस पटेल,बिवेक कलवार, हुकुम सिंह,बद्री तिवारी लगायत नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियोे ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *