शिक्षण अस्पतालको खाताबाटै साढे १६ करोड हराएपछि

२०७७ श्रावण ५, सोमबार ११:१९ गते २०७७ श्रावण ५, सोमबार ११:१९ गते २०७७ श्रावण ५, सोमबार ११:१९ गते

काठमाडौं, ५ साउन : त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पताल महाराजगन्जको बैंक खाताबाटै झन्डै साढे १६ करोड रुपैयाँ हराएको छ। अस्पतालको बैंक नगदी किताबले २०७६ असार मसान्तसम्ममा (मार्गस्थ र नगद ३ लाख रुपैयाँबाहेक) ९८ करोड २७ लाख ७५ हजार रुपैयाँ बैंक मौज्दात देखाएको थियो।सो मितिको बैंक स्टेटमेन्टअनुसार भने ८१ करोड ८३ लाख ६७ हजार रुपैयाँ मौज्दात छ। बैंकमा १६ करोड ४४ लाख ८ हजार रुपैयाँ घटी देखिएको छ। घटी देखिएको रकमका सम्बन्धमा छानबिन गरी बैंकमा जम्मा हुनुपर्ने महालेखापरीक्षकको वार्षिक प्रतिवेदनमा उल्लेख छ।

तत्कालीन ग्लोबल बैंकमा २ करोड ६४ लाख ३८ हजार ऋणात्मक मौज्दात देखाएकोमा बैंक विवरण प्राप्त नभएकाले स्थिति जानकारी हुन नसकेको प्रतिवेदनमा जनाइएको छ। अस्पतालका निवर्तमान कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्गाले ग्लोबलमा बैंकिङ कारोबार नगरिएको बताए। ‘खाता नभएको बैंकमा कसरी कारोबार हुन्छ र ? ’, डा. खड्गाले भने।यसैगरी नेपाल बैंकमा पाँच खाता, नबिल बैंकमा एक खाता र हिमालयन बैंकको एक खाता (राहत खाता)मा अस्पतालको स्रेस्ताअनुसार १ करोड ६२ लाख २० हजार मौज्दात थियो। तर, बैंकमा ११ लाख ७० हजार मात्र मौज्दात देखिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ।

बैंकमा घटी मौज्दात देखिएको सम्बन्धमा छानबिन गरी उक्त रकम प्राप्त हुनुपर्ने सुझाव महालेखाले प्रतिवेदनमार्फत दिएको छ। ‘नाम लिइएका ती सबै बैंकमा अस्पतालको आर्थिक कारोबार नै हुँदैन। अस्पतालको खाता होइन जस्तो लाग्छ। धेरै पहिलाको विषय भएकोले मलाई यसबारे धेरै थाहा छैन’, खड्गाले भने। यसैगरी अस्पतालले आयकर ऐन २०५८ बमोजिम भुक्तानीमा कर कट्टा गर्नुपर्नेमा ६ करोड ४१ लाख १ हजार रुपैयाँ कट्टी गरेको कर रकम दाखिला नगरी दायित्व देखाएको छ। उक्त रकम राजस्व खातामा दाखिला हुनुपर्दछ। यो समाचार आजको अन्नपुर्ण पोष्टमा छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *