काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जको प्रशासनले पूर्वसूचना बिना माडीमा लामो समयदेखि सुकम्बासी बस्तीमा बस्दैआएका चेपाङ जातीमाथि ज्यादती गरेको भन्दै नेकपा (माओवादी केन्द्र) निकटको युवा संगठन ‘युवा कम्युनिष्ट लिग’ ले विरोध गरेको छ ।युवा कम्युनिष्ट लिगका कार्यवाहक अध्यक्ष प्रकाश दुमी राईले आज एक विज्ञप्ती सार्वजनिक गर्दै त्यस्तो विरोध जनाएका हुन । उनले जारी गरेको विज्ञप्तीमामाडी नगरपालीका वडा नम्बर ९, चितवनस्थित कुसुमखोलाको छेउमा रहेका विपन्न चेपाङ सुकुम्वासी जनतामाथि निकुञ्ज प्रशासनबाट क्रुर र अमानविय ज्यादती भएको बताइएको छ ।
वाइसिएलले उक्त घटनाको कडा शब्दमा विरोध जनाउँदै उक्त अपराधमा संलग्नहरुलाई कारबाही गर्न र घरबार गुमाएर विचल्लीमा परेका पीडित चेपाङ समूदायको उचित व्यवस्थापन गर्नका लागि सरकार समक्ष माग गरेको छ ।विज्ञप्तीमा भनिएको छ–‘यो अपराधमा संलग्न निकुञ्ज प्रशासनका अपराधीहरुलाई हदैसम्मको कारबाहीका लागि वाइसिएल जोडदार माग गर्दछ । साथै घरबार गुमाएर विचल्लीमा परेका पीडित चेपाङ समूदायको उचित व्यवस्थापनको लागि सम्बन्धित निकाय र सरकार समक्ष ध्यानाकर्षण गराउन चाहन्छौं ।’ बाँकी विज्ञप्तीको पूर्णपाठ यस्तो छ….
युवा कम्युनिष्ट लिग,केन्द्रीय समिति,देशमा आफुलाई कम्युनिष्ट दावी गर्ने पार्टीको समाजवाद उन्मुख भनिएको सरकार रहेको बेला माडी नगरपालीका वडा नम्बर ९, चितवनस्थित कुसुमखोलाको छेउमा रहेका विपन्न चेपाङ सुकुम्वासी जनतामाथि कुनै पनि पूर्वसूचना बिना निकुञ्ज प्रशासनबाट भएको क्रुर र अमानविय ज्यादतीको युवा कम्युनिष्ट लिग घोर निन्दा र भत्र्सना गर्दछ ।निरन्तर झरी, बाढी पहिरोको जोखिम तथा कोरोना भाइरसबाट विश्वले नै संकट झेलिरहेको बेला जनताको उचित ब्यवस्थापन बिना मध्य राति हात्ति लगाएर घर भत्काउने र जलाउने जस्तो न्युनतम मानवीयताबाट पनि च्यूत निकृष्ट काम अरु के हुन सक्छ ? यो अपराधमा संलग्न निकुञ्ज प्रशासनका अपराधीहरुलाई हदैसम्मको कारबाहीका लागि वाइसिएल जोडदार माग गर्दछ ।साथै घरबार गुमाएर विचल्लीमा परेका पीडित चेपाङ समूदायको उचित व्यवस्थापनको लागि सम्बन्धित निकाय र सरकार समक्ष ध्यानाकर्षण गराउन चाहन्छौं ।
Views: 0