‘पुष्करनाथ ओझालाई पार्टीबाट निष्कासित गर्नु दुखद्’

२०७७ श्रावण ११, आईतवार २१:३६ गते २०७७ श्रावण ११, आईतवार २१:३६ गते २०७७ श्रावण ११, आईतवार २१:३६ गते

नेपाली कांग्रेस केन्द्रिय अनुशासन समितिले शनिबार कैलालीका नेता तथा पूर्व राज्यमन्त्री पुष्करनाथ ओझालाई पार्टीबाट निष्कासित गरेपछि कैलालीका केही नेताले सो निर्णयको विरोध गरेका छन् ।उनिहरूले कांग्रेस सभापति देउवा पत्नी आरजु राणा देउवालाई धनगढीमा स्थापित गराउन पुष्करनाथ ओझालाई कारबाही गरेको नाटक गरेको भन्दै अनुशासन विभागको निर्णय नमान्ने चेतावनी दिएका हुन्। २०७४ मंसिरमा समपन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनमा कांग्रेस सभापति देउवा पत्नि आरजु देउवालाई राउन भूमिका खेलेको भन्दै अनुशासन समितिले ओझालाई ५ वर्षसम्म पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको थियो। कांग्रेस सभापति शेरबहादुर देउवाले पत्नी आरजु राणा देउवालाई धनगढीमा स्थापित गर्ने उद्देश्यले ओझालाई कारबाही गरेको कांग्रेस कैलालीका सचिव पूर्ण कुँवरले बताए। ‘तत्कालका लागि पुष्करनाथलाई कारबाही गरेर डाक्टर आरजू देउवाले धनगढी आफ्नो लागि चुनावी क्षेत्र तयार गर्न खोज्नु भएको हो,’ उनले भने, ‘तर यस्तो अपरिपक्क निर्णयले दीर्घकालमा भने आरजुकै लागी घातक हुन्छ।’

रामचन्द्र पौडेलको निर्वाचन क्षेत्रमा गोविन्द राज जोशीले विद्रोही उम्मेदवार दिएको प्रसङ्ग र कैलाली क्षेत्र नम्बर ५ मा पुष्करनाथ ओझाको भूमिका एउटै नरहेको उनले दाबी गरे।२०७० सालको उपनिर्वाचनमा विजयी भएका ओझा त्यसपछि २०७४ सालको निर्वाचनमा कैलाली ५ बाट शेरबहादुर देउवाले पत्नी आर्जुलाई टिकट दिएपछि रुष्ट भएका थिए।‘उम्मेदवार चित्त नबुझे घरमा बस्छु भन्न पाइन्छ। घरमा बस्यो भन्दैमा कारबाही गर्न पाइँदैन,’ उनले भने ‘यो कारबाहीले कैलालीमा मात्रै होइन सुदूरपश्चिम प्रदेशमै कांग्रेसलाई प्रतिकुल असर पर्छ।’ उनले पूर्वाग्रही तरिकाले गरिएको कारवाहीले सिंगो प्रदेशको कांग्रेसको राजनीतिमा असर पर्ने बताए।उनका अनुसार पुष्करनाथ ओझा समर्थित कैलाली क्षत्रनम्बर–५ का नेताहरले सोमबार यस बिषयमा छलफल गर्नेछन्। ‘यस क्षेत्रका साथीहरूसँग छलफल गरेर हामी अगाडी बढ्छौँ,’ उनले भने, ‘यो निर्णय तत्काल फिर्ता हुनुपर्छ।’

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *