आजदेखि मनसुन फेरि सक्रिय हुने : हेर्नुहोस ठूलो पानी पर्न सक्ने ठाउँ

२०७७ श्रावण १२, सोमबार १३:०७ गते २०७७ श्रावण १२, सोमबार १३:०७ गते २०७७ श्रावण १२, सोमबार १३:०७ गते

काठमाडौं, १२ साउन : आजदेखि फेरि मौसम सक्रिय हुने मौसमविद्ले बताएका छन् । आज बेलुकादेखि ४ दिनसम्म देशका विभिन्न ठाउँमा ठूलो पानी पर्न सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।यी हुन् ठूलो पानी पर्न सक्ने ठाउँहरु:मुख्यगरी प्रदेश ५, कर्णाली, सुदूरपश्चिम तथा वाग्मती प्रदेशका केही ठाउँ, प्रदेश १ र २ का थोरै ठाउँमा ठूलो पानी पर्ने मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो ।भोलिदेखि १५ गतेसम्म गण्डकी, कर्णाली, सुदूरपश्चिम प्रदेश र प्रदेश नम्बर ५ का मध्य पहाडी भूभाग भई बग्ने नदीमा जलसतह बढ्ने सम्भावना छ । ती क्षेत्रका नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन भनिएको छ ।

प्रदेश १, वाग्मती प्रदेशका मध्य पहाडी भूभाग भई बग्ने भोटेकोशी, वाग्मती, नदीमा समेत बहाव सामान्य बढ्ने तथा ती प्रदेशका मध्य पहाडी भूभाग भई बग्ने अधिकांश साना नदीनाला तथा खहरे खोलामा आकस्मिक बहावसमेत आउन सक्ने पूर्वानुमान गरिएको छ ।त्यस्तै प्रदेश १, २, ५ र सुदूरपश्चिम प्रदेशको चुरे भई बग्ने केही मझौला तथा साना खोला नालामा समेत बहाव बढ्ने र कुनै ठाउँमा आकस्मिक बहाव आउने, तराई र चुरे क्षेत्रका होचा क्षेत्र डुबानमा पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।साथै मौसमको अवस्थाबारे जानकारी लिनु परेमा ४११३१९१ र बाढीका लागि ११५५ नम्बरमा सम्र्पक गर्न भनिएको छ ।

जोखिम क्षेत्रमा नबस्न र सुरक्षित रहन आग्रह:बाढी पहिरोको जोखिम रहेकोले सुरक्षित रहन र जोखिम क्षेत्रमा नबस्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ । साथै विपद्बाट हुने सम्भावित क्षति रोक्न ७७ वटै जिल्लामा परिपत्र गरेको प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बताउनुभयो ।जोखिम क्षेत्र पहिचान भएको ठाउँमा सुरक्षा टोली तयारीमा राख्न र आवश्यक उद्धार तथा राहत सामग्री बन्दोबस्त गर्न भनिएको उहाँको भनाइ छ ।यसअघि उच्च तयारी हुँदाहुँदै पनि पहिरोका कारण क्षति भएको छ । यस वर्ष पहिरोका कारण सबैभन्दा बढी १ सय २८ जनाको ज्यान गएको छ । बाढी पहिरोमा परी ५१ जना बेपत्ता रहेको सरकारको तथ्याङ्क छ ।प्रि–मनसुनको समयदेखि नै ठूलो पानी परेकाले यसपटक औसतभन्दा बढी वर्षा हुँदा जमीन पूर्णरूपमा गलेको, भूकम्पका कारण धाँजा फाटेको ठाउँबाट पानी पसेर जमिनको भित्री भाग चलायमान गराइसकेकाले सामान्य पानी पर्दा समेत सचेत हुनुपर्ने मौसमविद्को भनाइ छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *