सशस्त्र प्रहरी बल कृष्णनगर को सक्रियता , ४ लाख ४८ हजार बराबरको अवैध चल्ला नष्ट

२०७७ श्रावण १२, सोमबार २०:३१ गते २०७७ श्रावण १२, सोमबार २०:३१ गते २०७७ श्रावण १२, सोमबार २०:३१ गते

अजय मिश्र, कृष्णनगर, अषाढ १२| कपिलवस्तु जिल्लामा अवस्थित भन्सार सुरक्षा तथा सशस्त्र प्रहरी बल ३९ नं गुल्म कृष्णनगर सशस्त्र प्रहरी नायब निरिक्षक सुरेश न्यौपाने को कमाण्ड मा खटिएको गाडी मोबाइल टोलीलेअबैध कुखुराको चल्ला बरामद गरेको छ। भारत बाट अबैध रूपमा नेपाल ल्याउदै गरेकोमा कृष्णनगर नगरपालिका वडा नं ६ भिल्मी बाट ५९८१ गोटा चल्ला बरामद गरेको छ। बरामद गरिएको चल्ला कृष्णनगर नगरपालिका ३ अवस्थित भन्सार सुरक्षा तथा सशस्त्र प्रहरी बल ३९ नं गुल्म को पछाडि खाली जग्गामा खाल्डो खनि पशु क्वारेनटाइन का प्रतिनिधि, सशस्त्र प्रहरी, पत्रकार,आदि को उपस्थिति मा उक्त चल्ला नष्ट गरिएको छ। जस्को अनुमानित मुल्य ४ लाख ४८ हजार ५७५ रुपया सम्म पर्ने कुरा सोही गुल्मका गुल्मपती सशस्त्र प्रहरी नायब उपरिक्षक सुसिल कुमार शाही ले जानकारी दिएका छन्।साथै आफूहरु अवैध कृयाकलाप रोक्न सधै तत्पर रहेको र आम जनता, पत्रकार,न्याय प्रेमी र
समकक्षी सुरक्षा निकाय हरु संग समेत निरन्तर छलफल र संवाद गरि सिमा सुरक्षा र शान्ति कायम राख्न सबैको सहयोग अपरिहार्य रहेको कुरा सशस्त्र प्रहरी बल ३९ नं गुल्म का गुल्मपती सशस्त्र प्रहरी नायब उपरिक्षक सुसिल कुमार शाही ले जानकारी दिनुभयो।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *