आ’त्म’ह’त्या गर्छु भनेर फेसबुकमा लेख्ने व्यक्तिकाे यसरी गरियो उद्दार

२०७७ श्रावण १३, मंगलवार १०:१६ गते २०७७ श्रावण १३, मंगलवार १०:१६ गते २०७७ श्रावण १३, मंगलवार १०:१६ गते

१३ साउन, काठमाडौं । आत्महत्या गर्छु भनेर फेसबुकमा लेख्ने व्यक्तिलाई प्रहरीले उद्दार गरेको छ । महानगरीय प्रहरी वृत्त, महाराजगञ्ज र प्रहरी प्रभाग, बसपार्कको टोलीले झापाको अनारमनी–४ घर भएका सुनिल अग्रवाललाई उद्दार गरेको हो ।महाराजगञ्जका डीएसपी रोशन खड्काका अनुसार सोमबार बिहान साढे ११ बजे अग्रवालले फेसबुकमा अन्तिम पोष्ट लेखेको घोषणा गर्दै कसैलाई पनि नरिसाउन भनेका थिए । साथै, उनले जिन्दगीमा धेरै तनाव भएर केही सोच्ने क्षमता नभएपछि आत्महत्या गर्न लागेको पनि उल्लेख गरेका थिए ।

उनले आफ्नो मृत्युको खबर घरसम्म पनि नपठाइदिन भनेका थिए । ‘मेरो अन्तिम इच्छा यही हो, कसैसँग केही गुनासो छैन । म आफैं हिम्मत हारिसकेको यो जुनीमा दुःख मात्र भागेको सायद अर्को जुनीमा दुःख भोग्नु नपरोस्’, उनले भनेका थिए ।यो पोष्टबारे थाहा पाउने वित्तिकै प्रहरीले उनको खोजी थालेको थियो । त्यसक्रममा उनी बसपार्कमा बिजी मल नजिकै रहेको पश्चिम लुम्बिनी गेस्ट हाउसको ३०१ नम्बर कोठामा बसेको खुलेको थियो ।लगत्तै उनलाई उद्दार गरेर गोंगबु प्रहरीमा राखेर काउन्सिलिङ थालिएको थियो । त्यसक्रममा उनी डिप्रेसनको शिकार भएको पनि खुलेको थियो ।प्रहरीका अनुसार अग्रवालको परिवारसँग राम्रो सम्बन्ध थिएन भने विगत ८ महिनादेखि उनी होटलमा बसिरहेका थिए । हाल उनलाई परिवारको जिम्मा लगाइएको छ ।अनलाइन खबरबाट साभार

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *