गाईको दुध कि भैंसीको ठिक? तौल घटाउनका लागि कुन उपयोगी ,हेर्नुहोस कारण सहित

२०७७ श्रावण १४, बुधबार १०:४६ गते २०७७ श्रावण १४, बुधबार १०:४६ गते २०७७ श्रावण १४, बुधबार १०:४६ गते

एजेन्सी। दुध पोषणतत्वले भरिपूर्ण हुन्छ त्यसकारण यसलाई स्वस्थ खान्कीमा समावेश गरिन्छ । दुधमा पाइने पौष्टिक तत्व बालबालिका, वृद्ध–वृद्धा र सबै खालका उमेर समूहका लागि आवश्यक छ । यदि कोही व्यक्ति शाकाहारी छ भने उसले त प्रोटिनका प्राप्त गर्नका लागि आफ्नो खान्कीमा दुध समावेश गर्नैपर्छ । के तपाईंलाई गाईको दुध अलि हल्का हुन्छ भन्ने थाहा छ ? र भैंसीको दुधको तुलनामा यसमा क्यालोरी पनि कम हुन्छ । तसर्थ, यदि तपाईं आफ्नो तौल घटाउने प्रक्रियामा हुनुहुन्छ भने गाईको दुध रोज्नुहोस् । तर पोषणको कुरा आउँदा कुन दुध रोज्ने भन्ने प्रश्न आउन सक्छ । गाई र भैंसी दुबैको दुध मानव शरीरका लागि पोषिलो हुन्छ । यी दुबै प्रकारको दुधमा क्याल्सियम, भिटामिन बी १२ र फोस्फोरस पाइन्छ । यो प्रोटिनको राम्रो स्रोत भएकोले यसले हड्डी बलियो बनाउन र यसलाई सुख्खा हुनबाट जोगाउँछ । यहाँ दुधका केही फाइदाबारे कुरा गरिएको छ ।

गाईको दुध राम्रो कि भैंसीको ?तपाईंमध्ये कतिले गाईको दुध पिउनुहुन्छ होला तर कतिले भैंसीको । कतिले दुबै दुध पनि सेवन गर्ने गर्नुहुन्छ होला । दुबै प्रकारको दुध स्वादिलो हुन्छ । यद्यपि, यी दुई प्रकारको दुधमा केही भिन्नता भने छ । गाईको दुध भैंसीको दुधभन्दा पातलो र हल्का हुन्छ ।कुन दुधले तपाईंलाई बढी पौष्टिक तत्व दिन्छ ?सय मिलिमिटर भैंसीको दुधमा सय क्यालोरी हुन्छ तर यदि तपाईंले त्यति नै मात्रामा गाईको दुध पिउनुहुन्छ भने यसमा ६५ देखि ७० क्यालोरी मात्रै हुन्छ । यसबाहेक गाईको दुधमा सल्फर हुन्छ । सल्फरले दिमागलाई काम गर्न सघाउ पुर्याउँछ । गाईको दुधमा बेटा क्यारोटिन पनि हुन्छ जसका कारण शरीरले भिटामिन ‘ए’ पाउँछ । यी तत्व भैंसीको दुधमा पाइँदैन ।

गाई र भैंसीको दुध शरीरलाई चाहिने जत्ति मात्रै पिउनुहोस्ःयसका साथैं भैंसीको दुधभन्दा गाईको दुध सजिलै पच्ने भएकोले बालबालिकालाई गाइको दुध नै दिन सुझाव दिइन्छ ।विज्ञका अनुसार गाईको दुधमा भन्दा भैंसीको दुधमा बढी पौष्टिक तत्व र क्यालोरी हुन्छ । गाईको दुधमा फ्याट कम हुन्छ । तसर्थ यसमा पानी बढि हुन्छ र पातलो हुन्छ । यता भैंसीको दुधमा भने धेरै फ्याट हुन्छ । सय मिलिलिटर भैंसीको दुधमा ८ ग्राम फ्याट हुन्छ । त्यति नै मात्राको गाईको दुधमा भने ४ ग्राम मात्रै फ्याट हुन्छ । भैंसीको दुधमा धेरै मात्रामा इन्जाइम हुने भएकोले यो बिग्रन पनि समय लाग्छ । तर यदि कसैले आफ्नो तौल घटाउने कसरत गरिरहनुभएको छ भने उहाँहरुले भैंसीको दुधमा फ्याटभन्दा क्यालोरी बढी हुने कुरा बुझ्नुपर्छ ।यद्यपि, यी दुबै प्रकारको दुधले शरीरलाई फाइदा नै पुर्याइरहेको हुन्छ । ल्याक्टोस्सँग एलर्जी नभएका व्यक्तिले सबै प्रकारको डेरी उत्पादनको सेवन गर्न सक्छन् । साथै आफ्नो शरीरको आकार र जीवनशैली अनुसार दुध सेवन गर्नुपर्छ

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *