सुरक्षित हुन बनाएको घर नै काल बनेर आएपछि

२०७७ श्रावण १५, बिहीबार १२:०२ गते २०७७ श्रावण १५, बिहीबार १२:०२ गते २०७७ श्रावण १५, बिहीबार १२:०२ गते

कालीकोट, १५ साउन : पुरानो घर भत्काएर एक वर्षअघि गंगे बुढाले पत्थरले छाएको नयाँ घर बनाएका थिए । नरहरिनाथ–७ माल्कोट बागाका ६२ वर्षीय बुढाले यही घर काल बनेर ७ जना परिवारको जीवन चुँडेर लैजाला भन्ने सोचेकै थिएनन् ।मंगलबार राति मुसलधारे वर्षा भयो । बुधबार बिहान घरमाथिबाट पहिरो खस्दा घरमूली बुढासहित उनका ६१ वर्षीया श्रीमती नैना, २४ वर्षीया बुहारी सीता, १९ वर्षीया छोरी विमला, १० वर्षीया नातिनी चन्द्रिका, नातिहरू ७ वर्षीय रामबहादुर र डेढ वर्षीय चरित्रको मृ’त्यु भयो ।

खाना खाएर छिमेकीकहाँ घरमा बस्न गएकाले उनका छोरा पदम भने संयोगले जोगिएका छन् । घरको छेउतिरको कोठामा सुतेका बुढाका अर्का छोरा जयरूप, उनका पत्नी सरिता र छोरा विमल पहिरोबाट बाँच्न सफल भए । उनीहरू सुतेको कोठा आधा भत्केको थियो ।पदम स्थानीय विद्यालयमा निजी स्रोतका शिक्षक छन् भने उनकी पत्नी सीता (मृतक) सुर्खेतमा शिक्षिका थिइन् । ‘घर नै काल होला भनेर सोचेकै थिएनौं,’ माथिपट्टि भत्किएको थाहा पाएर झ्यालबाट बारीमा हामफालेर बच्न सफल भएका जयरूपले भने, ‘सुरक्षित हुन बनाएको घर नै काल बन्यो ।’ उनीसहित चार जना बाँच्न सफल भएका छन् ।

बेलुकी खाना खाएर तीन कोठामा सुतेका उनको परिवारका ११ जनामध्ये ६ जना पहिरोमा च्यापिए भने १९ वर्षीया विमला घाइते भएकी थिइन् । उपचारार्थ कुमालगाउँ प्राथमिक उपचार केन्द्र लैजाने क्रममा उनको बाटोमा निधन भयो । बागा गाउँमा कुमालगाउँबाट बसाइँ आएका बुढा जातिका २२ घरधुरी छन् ।गाउँको वरिपरि पाखो भिरालो ठाउँ बढी भएकाले भैंसी पाल्न घाँस काट्न सजिलोका लागि आठ पुस्ताअघि कुमालगाउँका बुढा परिवार यता बसाइँ सरेका थिए । बुधबार सुर्खेतमा रहेका गाउँपालिका अध्यक्ष धीरबहादुर विष्टका अनुसार नरहरिनाथ–६ माल्कोट र वडा ७ मा पर्ने रातीमाटा, रुप्साको अदेला र कुमालगाउँको गोठी पहिरोले बढी जोखिमयुक्त ठाउँ हुन् ।

मंगलबार राति नै नरहरिनाथ–४ माझगोठीमा ७० वर्षीया बाले बुढा र उनकी ६५ वर्षीया पत्नी मनाको पनि पहिरोले घर भत्किँदा मृ’त्यु भएको छ । दुई छोराहरू अलग्गै घरमा बस्ने गरेकाले वृद्धवृद्धा मात्रै घरमा थिए । राति २ बजे पहिरो आएको पत्तै नपाएर वृद्ध दम्पतीले ज्यान गुमाएको स्थानीय विश्वकुना माविका प्रधानाध्यापक मानबहादुर बुढाले बताए ।अविरल वर्षासँगै घर पहिरोले बग्न थालेपछि नरहरिनाथ–४ माझगोठीका २५ घरधुरीका १ सय ३५ जनाले आफ्नो थातथलो छाडेका छन् । विस्थापितलाई गाउँपालिकाले स्थानीय नीलकण्ठ आधारभूत विद्यालयमा सरण दिएको छ ।

नरहरिनाथका सितला, पांग्रा, रातीमाटा, अदेल, भाटगाउ, बागा, काफ्ला, बडेमेलामा गरी ४ सय घर पनि पहिरोको उच्च जोखिममा रहेको गाउँपालिका उपाध्यक्ष मनशोभा बुढाले बताइन् । उनले विपद्को समयमा सबैलाई जुट्न भनेकी छन् ।माल्कोट बाकाको पहिरोमा घर पुरिएको ठाउँमा प्रहरीको टोली बिहान ७ बजे पुगेको थियो । पहिरोमा पुरिएकाको खोजी सुरु गर्दा १९ वर्षीया विमला बुढाको ‘बचाओ’ भन्दै कराएको आवाज आयो । प्रहरी र आफन्तले उनलाई घरसँगै च्यापिएको अवस्थामा उद्धार गरे ।तत्काल उपचारका लागि नरहरिनाथ–३ को कुमालगाउँ प्राथमिक उपचार केन्द्र कुदाइयो । लैजाँदै गर्दा बाटोमा ‘बचाओ’ भन्दाभन्दै उनले प्राण त्यागिन् । तुलाराम पाण्डेले कान्तिपुर दैनिकमा समाचार लेखेका छन् ।एजेन्सी

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *