पृथ्वी राजमार्ग फेरि पनि अवरुद्ध

२०७७ श्रावण १५, बिहीबार १६:५६ गते २०७७ श्रावण १५, बिहीबार १६:५६ गते २०७७ श्रावण १५, बिहीबार १६:५६ गते

चितवन, १५ साउन : पृथ्वीराजमार्गअन्तर्गत कुरिनटारमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार इच्छाकामना गाउँपालिका-४ कुरिनटारमा बिहीबार बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।निरन्तरको वर्षाले पहिरो झर्दा सडक दुईतर्फी आवागमन बन्द भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए ।उनका अनुसार वर्षा भइरहेकाले पहिरो पन्छाउने काम शुरु गर्न सकिएको छैन । पहिरो पन्छ्याउन केही समय लाग्ने जनाइएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *