राष्ट्रीय मदरसा संघ नेपाल द्वारा आग्रह सहित ईद उल अजहा (बकर ईद) को शुभकामना व्यक्त

२०७७ श्रावण १६, शुक्रबार २१:२६ गते २०७७ श्रावण १६, शुक्रबार २१:२६ गते २०७७ श्रावण १६, शुक्रबार २१:२६ गते

कृष्णनगर, साउन, १६। मुस्लिम समुदायको दोस्रो महान पर्व ईद उल अजहा (बकर ईद) नेपालमा साउन १७ गते आउने शनिवारका दिन मनाइने भएको छ । राष्ट्रीय मदरसा संघ नेपाल का राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कुफी, राष्ट्रीय मदरसा संघ नेपालका उपाध्यक्ष शैख जैस मक्की, सदस्य मौलाना जहिर बरेलवी र प्रदेश नं ५ मदरसा बोर्ड का उपाध्यक्ष मौलाना मसहूद खां नेपाली लगायत ले मुस्लिम समुदायको दोस्रो महान पर्व ईद उल अजहा (बकर ईद) को शुभ अवसरमा स्वादेश तथा विदेश मा रहेका सम्पूर्ण नेपाली लगायत मुस्लिम समुदायमा ईद उल अजहा (बकर ईद) को हार्दिक शुभकामना व्यक्त गरेका छन्। यो पर्व हजरते इब्राहिम अलैहिस्सलाम को सम्झना मा मनाइने गरिन्छ।

हाल लकडाउन खोलेको भए पनि कोरोना भाइरस सर्ने सम्भावना देखिएका कारण नेपाल सरकार ले जारी गरेको स्वास्थ्य सुरक्षा सम्बंधित मापदंड अनुसार सोसल डिस्टेंस को पालना गरि पर्व मनाउन प्रदेश नं ५ मदरसा बोर्ड का उपाध्यक्ष मौलाना मसहूद खां नेपाली ले आग्रह गरेका छन्। हरेक बर्ष मुस्लिम धर्म मान्ने करिब बीस लाख मानिस विश्व का विभिन्न देशबाट हज गर्न साउदी अरब पुग्ने अनुमान रहेको तर यो बर्ष (COVID-19) कोरोना भाइरसको महामारी ले गर्दा दश हजार जनाले मात्र हज गर्ने जसमध्ये तीस प्रतिशत साउदी नागरिक र सत्तरी प्रतिशत विश्व भरी बाट उपस्थित हुने देखिन्छ ।कोरोना भाइरस महामारी का कारण WHO ले दिएको स्वास्थ्य संबंधी मापदंड को पाल्ना गर्दै हज गर्नु पर्ने व्यवस्था साउदी सरकार ले गरेको कुरा स्वास्थ्य का दृष्टिकोण ले प्रशंसनीय रहेको राष्ट्रीय मदरसा संघ नेपाल का राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कुफी ले बताउनुभयो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *