अध्यक्ष थापाको पहलमा विजयनगरमा ६ कि.मि. बाटो कालो पत्रे निर्माण हुँदै

२०७७ श्रावण १६, शुक्रबार २२:०७ गते २०७७ श्रावण १६, शुक्रबार २२:०७ गते २०७७ श्रावण १६, शुक्रबार २२:०७ गते

विजयनगर , १६ श्रावण । कपिलवस्तु जिल्ला काे विजयनगर गाउँपालिकामा ६ किलो मिटर बाटो कालो पत्रे निर्माण हुने भएको छ । गाउँपालिकाको वडा नं. ६ मा पर्ने फरेनी चौकदेखि बद्दौर, छुटपाटी हुँदै वडा नं. ५ को डालपुर र देवीपुरसम्म बाटो कालो पत्रे हुने भएको छ ।गाउँपालिका भित्र काे पहिलो लामो कालो पत्रे बाटोे हुन लागेको हो । ५ नं. प्रदेश सरकारले २०७७ असाढ २९ गते सूचना प्रकाशित गर्दै ठेक्काको लागि आब्हान गरेको थियो ।

प्रदेश सरकारको बहुवर्षिय योजना अन्तर्गत १० करोडको लागतमा उक्त बाटो कालो पत्रे हुन लागेको हो ।आफुले पहल गरेको बाटो प्रदेश सरकारले सम्बोधन गरेको गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले बताउनुभएको छ । मानव विकासको सुचाङ्कमा कपिलवस्तु जिल्ला काे सबैभन्दा पछाडी परेको पालिका रहेकाे छ । यस गाउपलिका लामाे बाटो बनाउन सहयोग गरेकोमा सबैलाई अध्यक्ष थापाले धन्यवाद दिनुभयो ।गाउँपालिका भित्र काे पहिलो लामो कालो पत्रे बाटोे हुने भएले स्थानीय साबीहरु खुसी भएका छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *