‘मजदूर विरोधी कानुन खारेज गर’ भन्दै राजधानीमा ६ संगठनको संयुक्त विरोध कार्यक्रम

२०७७ श्रावण १७, शनिबार ०८:५५ गते २०७७ श्रावण १७, शनिबार ०८:५५ गते २०७७ श्रावण १७, शनिबार ०८:५५ गते

अरुणा मानन्धर। काठमाडौं । कोरोना संक्रमण र त्यसले उद्योग, व्यापार, व्यवसायमा प्रभाव पारेको भन्दै पछिल्लो समय देशकै सवल मानिएका कम्पनी, संस्थान तथा कार्यालयहरुले धमाधम मजदूरहरुलाई गैह्र न्यायीक ढंगबाट कामबाट निकालेको भन्दै विभिन्न ६ मजदूर संगठनहरुले आज राजधानीमा विरोध कार्यक्रम गरेका छन ।मजदूर विरोधी कानुन खारेजीको नारासहित क्रान्तिकारी ट्रेड युनियन महासंघ नेपाल (रिफन्ट) लगायतका विभिन्न ६ मजदूर सम्बद्ध संघ, संगठनहरुको संयुक्त आयोजनामा आज राजधानीमा विरोध कार्यक्रम भएको हो ।

रोजगारदाता कम्पनी, संस्थान वा मालिकहरुले पछिल्लो समय ‘रोजगार कटौती, तलव सुविधा कटौती, कामबाट निष्काशन, तलव समयमा नदिने, काम गर्ने वातावरण नगराउने’ जस्ता मजदूर हक, अधिकार विरोधी गतिविधि बढाएको भन्दै विरोध कार्यक्रमका वक्ताहरुले राज्यलाई तत्काल समस्या समाधान गर्न चेतावनी दिएका छन ।कार्यक्रमका अधिकाश वक्ताहरुले राज्यले श्रम ऐनको पूर्णताया कार्यान्वयन समेत नगर्दा तत्कालिन समस्या आएको भएपनि वास्तवमा राज्यको कानुन मजदूर तथा श्रमिक वर्गको हक, अधिकार विरोधी नै भएको ठोकुवा गरेका छन ।

उक्त कार्यक्रमका वक्ताहरुले मजदूर वर्गको समस्याको दिर्घकालिन समाधानको लागि मजदूर विरोधी राज्य व्यवस्थाको विकल्प खोज्नुपर्नेमा जोड दिएका थिए । वक्ताहरुले कामबाट हटाइएका श्रमिकहरुलाई पुनः काममा फर्केर आफ्नो काम गर्ने वतावारण निमार्ण गराउन राज्यसँग माग समेत गरे ।वक्ताहरुले कतिपय अवस्थामा नियुक्ति पत्र वा काम गर्दाको सहमति अनुसार मालिकले सेवा सेविधा नदिने, कामबाट आफुखुशी निकाल्ने हर्कत बढाउने गरेको भन्दै त्यस्ता गतिविधि नरोकेमा मजदूरहरुमाथि भैरहेको अन्यायका विरुद्ध सशक्त आन्दोलन चर्काउने चेतावनी समेत दिए ।

आज दिउँस माइतिघर मण्डला चोकबाट शुरु भएको उक्त विरोध र्याली नयाँ वानेश्वर चोकमा पुगेर विरोध सभामा परिणत भएको थियो । विरोध सभामा आयोजक संगठनका नेताहरुले सम्बोधन गरेका थिए ।कार्यक्रममा मजदूर वर्गको हक, हितको र अधिकारको लागि संघर्ष अनिवार्य हुने भन्दै वक्ताहरुले सम्पूर्ण मजदूर विरोधी सम्झौताहरु खारेजीको माग राखेका थिए । उनीहरुले राज्य वयवस्थाको मजदूरमारा नीतिको व्यापक भण्डाफोर समेत गरेका थिए ।

कार्यक्रममा क्रान्तिकारी ट्रेड युनियन महासंघ नेपाल (रिफन्ट) का महासचिव मेघबहादुर खत्री, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका अध्यक्ष इश्वर तिमिल्सिना, स्वतन्त्र ट्रेड युनियन महासंघका अध्यक्ष खकेन्द्र प्याकुरेल, नेपाल ट्रेड युनियन फेडेरेशनका अध्यक्ष गंगाराम खड्गी, प्रगतिशिल नेपाल स्वतन्त्र ट्रेड युनियन महासंघका अध्यक्ष केदार गिरी, समाजवादी ट्रेड युनियन महासंघका अध्यक्ष लालध्वज नेवाङ्ग लगायतले आफ्नो धारणा राखेका थिए ।मजदूर नेता डिबी सरोज राईले सञ्चालन गरेको उक्त कार्यक्रममा विभिन्न क्षेत्रका मजदूर, सर्वसाधारण नागरिक समेत गरी सयौंको उपश्थिति रहेको थियो । कार्यक्रममा श्रमजीवी पत्रकार संघ, संगठनका नेता, कार्यकर्ता लगायतको समेत सहभागिता रहेको थियो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *