फेरि लकडाउन गर्ने नगर्ने बारे छलफल गर्दै प्रधानमन्त्री ओली

२०७७ श्रावण १९, सोमबार २०:३९ गते २०७७ श्रावण १९, सोमबार २०:३९ गते २०७७ श्रावण १९, सोमबार २०:३९ गते

काठमाण्डौ। देशभर कोरोना संक्रमितको संख्यामा तिब्र बृद्धि भएपछि फेरि लकडाउन गर्ने/नगर्नेबारे प्रधानमन्त्री केपी शर्मा ओली छलफलमा जुटेका छन् । ओलीले फेरि लकडाउन गर्नेबारे टुंगो लगाउन जनस्वास्थ्य क्षेत्रका विज्ञहरुलाई छलफलका लागि डाकेका छन्। लकडाउन खुकुलो भएपछि कोरोना संक्रमण झन बढेकाले प्रधानमन्त्री ओली छलफलमा जुटेका हुन् । लकडाउनबारे छलफल गर्न ओलीले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)मा रहेका मन्त्री,सचिव र अन्य विज्ञहरु तथा जनस्वास्थ्य क्षेत्रका विज्ञहरुलाई बोलाएका छन् । मंगलबार बैठक आयोजना हुने बताइए पनि समय भने तय भैसकेको छैन ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *