आज फेरी सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड, आज कारोबार कतिमा हुँदैछ ?हेर्नुहोस विवरण

२०७७ श्रावण २३, शुक्रबार १२:४९ गते २०७७ श्रावण २३, शुक्रबार १२:४९ गते २०७७ श्रावण २३, शुक्रबार १२:४९ गते

काठमाडौं, २३ साउन : सुनको मूल्यले शुक्रबार अर्को रेकर्ड बनाएको छ । सुनको मूल्य शुक्रबार तोलामा एक हजार रुपैयाँ बढेर तोलाको एक लाख ३ हजार ५ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।कोरोनाको संक्रमण बढेदेखि नै दैनिक कीर्तिमान बनाइरहेको सुनको मूल्यले बिहीबार तोलामा ११ सय रुपैयाँ बढेर सुनको मूल्य तोलाको एक लाख २ हजार ५ सय रुपैयाँ निर्धारण भएको थियो ।यसैगरी तेजावी सुन तोलामा १ लाख ३ हजार रुपैयाँमा कारोबार भएको छ ।

यस्तै चाँदीको मूल्यले पनि शुक्रबार रेकर्ड बनाएको छ । चाँदी शुक्रबार तोलामा ६० रुपैयाँ बढेर तोलाको १४ सय ५ रुपैयाँ पुगेको छ । यसअघि २०६८ साल बैशाख १६ गते चाँदीको मूल्य अहिलेसम्मकै महँगो तोलाको १३ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।अन्तर्राष्ट्रिय बजारमा सुनमा लगानीकर्ता आकर्षित भएको तर उत्पादन कम भएको तथा ठूला देशबीच द्वन्द्व बढ्दै गएकाले सुनको मूल्य लगातार उकालो लागेको महासङ्घ अन्तर्गतको मूल्य निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले बताएका छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *