यस्तो आयो प्रधानमन्त्री ओलीको कोरोना रिपोर्ट

२०७७ श्रावण २३, शुक्रबार २२:१२ गते २०७७ श्रावण २३, शुक्रबार २२:१२ गते २०७७ श्रावण २३, शुक्रबार २२:१२ गते

काठमाडौं, साउन २३ : प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । शुक्रबार प्रधानमन्त्री ओली र उहाँ निकटमा भई काम गर्ने सचिवालयका कर्मचारीहरूको स्वाब संकलन गरी परीक्षण गरिएकोमा रिपोर्ट नेगेटिभ आएको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीसँगै उहाँका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रेस सल्लाहकार सूर्य थापालगायत पहिलो सुरक्षा घेरामा रहेका सुरक्षाकर्मीको कोरोना परीक्षण गरिएको हो ।कोरोना संक्रमण पुष्टि भएका प्रदेश २ का आन्तरिक मामिलामन्त्री ज्ञानेन्द्रकुमार यादवको कन्ट्याक्ट ट्रेसिङमा परेपछि प्रधानमन्त्रीसहितको कोरोना परीक्षण गरिएको प्रधानमन्त्री सचिवालयले जनाएको हो ।केही दिनअघि प्रहरी समायोजनसम्बन्धी बालुवाटार बैठकमा सहभागी भएका मन्त्री यादव काठमाडौंबाट फर्किए लगतै पिसिआर परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *