साइबर आक्रमण रोक्ने ब्ल्याकबेरीको नयाँ टूल सबैका लागि अब निःशूल्क

२०७७ श्रावण २७, मंगलवार ०८:४९ गते २०७७ श्रावण २७, मंगलवार ०८:४९ गते २०७७ श्रावण २७, मंगलवार ०८:४९ गते

काठमाडौं । ब्ल्याकबेरीले सोमबार ब्ल्याक ह्याट यूएसए २०२० मा ओपन सोर्स इन्टरनर टूल पीई ट्री सबै सेक्युरिटी प्रोफेसनलहरुका लागि उपलब्ध भएको घोषणा गरेको छ । सेक्युरिटी प्रोफेसनलहरुले उक्त इन्टरनल टूल रिभर्स इन्जिनियरिङ माल्वेयरका लागि प्रयोग गर्न सक्छन् ।रिभर्स इन्जिनियरहरुले पिफाइल र पाइक्यूटीफाइभ प्रयोग गरेर उक्त टूलबाट ट्री भ्यूमा पोर्टेबल एक्जिक्युटेबल (पीई) फाइलहरु हेर्न सक्छन् । यसले ओपन सोर्स पीई भ्यूअर कोड बेस प्रदान गर्दै मेमोरीबाट माल्वेयरलाई डम्प तथा पुनःस्थापना गर्न सजिलो बनाइदिन्छ ।

उक्त टूल पीई संरचनाको सजिलो नेभिगेसनका लागि हेक्स रेको आईडीए प्रो डिकम्पाइलरसँग इन्टिग्रेट हुन्छ । साथै यसले ईन मेमोरी पीई फाइललाई डम्प र इम्पोर्ट पुनःसंरचना परफर्म गर्दछ ।पीई ट्री पाइथनमा डेभलप भएको र यसले विण्डो, लिनक्स र म्याक अपरेटिङ सिस्टमलाई सपोर्ट गर्ने बताइएको छ । यसलाई स्ट्याण्डअलोन एप्लिकेसन वा आईडीए पाइथन प्लगईनको रुपमा इन्स्टल तथा रन गर्न सकिन्छ ।यसले प्रयोगकर्तालाई जुनसुकै एक्जिक्युटेबल फाइल परीक्षण गर्ने अनुमति दिन्छ । रिभर्स इन्जिनियरहरुले डिसएसेम्ब्लर्स, डिबगर्स, पीई भ्यूअर र नेटवर्क एनालाइजर जस्ता विभिन्न टूलहरु माल्वेयरलाई भत्काउनका लागि प्रयोग गर्दै आएका छन् ।एजेन्सी। 

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *