विजयनगरले समुदायस्तरमा कोरोना सङ्क्रमण रहे नरहेको पत्ता लगाउन स्वाब संकलन गर्दै ।।

२०७७ श्रावण २९, बिहीबार १९:४० गते २०७७ श्रावण २९, बिहीबार १९:४० गते २०७७ श्रावण २९, बिहीबार १९:४० गते

कपिलवस्तु / विजयनगर , २९ साउन । कपिलवस्तुको विजयनगर गाउँपालिकाले समुदायस्तरमा कोरोना सङ्क्रमण रहे नरहेको पत्ता लगाउन स्वाब संकलन गर्ने भएको छ । विजयनगर गाउँपालिका भित्र बढी जनसम्पर्कमा रहेका व्यापारी, उद्योगी व्यवसायी, हाल सालै भारत लगायत अन्य मुलुकबाट आएका व्यक्तिहरु, कोरोना भाइरससँग मिल्दो जुल्दो लक्षण देखिएका संकास्पद व्यक्तिहरु, जनप्रतिनिधी र कर्मचारीहरुको स्वाब संकलन गरिने गाउँपालिकाले जनाएको छ ।  गाउँपालिकाले विहिवार एक सुचना जारी गर्दै सम्बन्धित सबैलाई यहि साउन ३१ गते शनिबार गाउँपालिकाको वडा नम्बर ७ स्थित लौटनराम द्रौपदी देवी माध्यमिक विद्यालय गणेशपुरमा उपस्थित भई स्वाब संकलनमा सहभागी हुन अनुरोध गरेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *