फेरी बुटवल–पाल्पा सडक खण्ड पहिरोले अवरुद्ध

२०७७ श्रावण ३०, शुक्रबार ०९:४६ गते २०७७ श्रावण ३०, शुक्रबार ०९:४६ गते २०७७ श्रावण ३०, शुक्रबार ०९:४६ गते

पाल्पा। साउन ३०। गएरातिदेखि परेको वर्षाले सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल पाल्पा सडक खण्ड शुक्रवार बिहानबाट अवरुद्ध भएको छ ।पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ५ र ६ मा पहिरा खसेका छन् ।प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका डिएसपी डिल्लीनारायण पाण्डेले पहिरो पन्छाउन डोजर पठाइएको जानकारी दिए । पहिरो खसेर सडक अवरुद्ध हुँदा राजमार्गमा सवारी साधन र यात्रु अलपत्र छन् ।

गएको चैतमा सडक चौडा बनाउन घुम्ती काटिएका थिए । सडक चौडा बनाएको स्थानहरुमा माथिल्लो भागबाट ढुंगा, माटोसहित पहिरो खसेको छ । असार र साउनमा यो सडक धेरै पटक अवरुद्ध हुँदै आएको छ । पाण्डेले लोकान्तरसँग भने, ‘पहिरो पन्छाउने काम सुरु भएको छ । दुई घण्टापछि बाटो खुलाउन सकिन्छ ।’ बुटवल बजारलाई सिल गरिएपछि पाल्पा जाने गाडी बुटवलमा रोक्न दिइएको छैन ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *