कोरोनाको कहर : भारतमा एकैदिन १ हजार बढीको मृत्यु

२०७७ श्रावण ३०, शुक्रबार ०९:५३ गते २०७७ श्रावण ३०, शुक्रबार ०९:५३ गते २०७७ श्रावण ३०, शुक्रबार ०९:५३ गते

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले जताततै व्याप्त छ ।यो समाचार तयार पार्दासम्म विश्वमा ७ लाख ५३ हजार ४९३ जनाको मृत्यु भएको छ भने २ करोड १० लाख ६७ हजार ५२० जनालाई संक्रमण भएको छ ।त्यस्तै १ करोड ३९ लाख १७ हजार ८२७ जना संक्रमण मुक्त भएका छन् भने विश्वमा ६४ हजार ५०८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच भारतमा कोरोना भाइरसका कारण अहिलेसम्म ४८ हजार १४४ जनाको मृत्यु भएको छ भने २४ लाख ५९ हजार ६१३ जनालाई संक्रमण भएको छ । त्यस्तै १७ लाख ५० हजार ६३६ जना संक्रमण मुक्त भएका छन् भने ६ लाख ६० हजार ८३३ जना उपचाररत छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।त्यस्तै भारतमा बिहीवार ६४ हजार १४२ जना संक्रमित थपिएका छन् भने १ हजार ६ जनाको मृत्यु भएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *