नेविसंघद्वारा शंकरदेव क्यामपसमा तालाबन्दी

२०७७ श्रावण ३०, शुक्रबार २०:४० गते २०७७ श्रावण ३०, शुक्रबार २०:४० गते २०७७ श्रावण ३०, शुक्रबार २०:४० गते

काठमाण्डौ। सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को कार्यकर्ताको जस्तो त्रिभुवन विश्वविद्यालय पदाधिकारीहरुको चरित्र नेपाल विद्यार्थी संघ केन्द्रीय समितिको निर्देशनमा त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धित देशैभरका क्याम्पसहरुमा तालाबन्दी गर्ने निर्देशन बमोजिम नेपाल विद्यार्थी संघ शंकर देव क्याम्पस इकाई समितिद्वारा पनि शंकर देव क्याम्पसमा तालाबन्दी गरीएको छ ।

आम विद्यार्थी हकहितका लागी आवाज उठाउदा र त्रिभुवन विश्व विद्यालयले लिन बाँकी परीक्षाको विकल्प खोज्दै उपकुलपतिको कार्यालयमा प्रर्दशनमा उत्रिएका नेपाल विद्यार्थी संघका नेता कार्यकर्ताहरुलाई बिना सर्त रिहाइको लागि दबाब दिन आफुहरुले क्याम्पसमा तालाबन्दी गरेको भनि नेपाल विद्यार्थी संघका नेता हरिश्चन्द्र जोशीले बताउनुभयो । नेबि संघ शंकर देव क्यामपसका नेता दिपक ओझा , शुशिल धामि , हरिश्चन्द्र जोशी , शोमराज मल्ल लगायतका नेता क्यामपस पुगेर तालाबन्दी गरेका हुन उपकुलपति र प्रहरीका केही अधिकारीहरुको मिलेमतोमा गिरफ्तार गरेका साथिहरुलाई झुठो मुद्दा लगाउन खोजिएको भन्दै यदि त्यस्तो गरे नेपाल विद्यार्थी संघले देशभर कडा आन्दोलन गर्ने जनाएको छ ।

 

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *