बार्सिलोनाको पोस्टमा बायर्नको ८ गोल

२०७७ श्रावण ३१, शनिबार ०८:५८ गते २०७७ श्रावण ३१, शनिबार ०८:५८ गते २०७७ श्रावण ३१, शनिबार ०८:५८ गते

युरोपियन च्याम्पियन्स लिग अन्तर्गत आज भएको खेलमा जर्मन महारथी बायर्न म्युनिखले स्पेनिस क्लब बार्सिलोनामाथि फराकिलो जित निकालेको छ। पोर्चुगलको लिस्बनमा भएको खेलमा बायर्नले बार्सिलोनामाथि ८-२ गोलअन्तरले हराउँदै च्याम्पियन्स लिगको सेमिफाइनलको यात्रा तय गरेको हो।रोमाञ्चक खेलको चौथो मिनेटमा बायर्नले अग्रता बनाएको थियो। थोसम मुलरको गोलमा अग्रता बनाएको बायर्नले त्यसको तीन मिनेट भित्रै बार्सिलोनालाई उपहार गोल दिन पुग्यो। डेभिड अल्भाको आत्मघाती गोलमा बार्सिलोना बराबरीमा आयो।

खेलको २१ औं मिनेटमा इभान पेरिसिकले गोल गर्दै बायर्नलाई फेरि अग्रता दिलाए। त्यसको ६ मिनेटभित्रै बायर्नकै मिडफिल्डर सर्ज जनाब्रीले गोल गर्दै बार्सिलोनामाथिको गोल अन्तर बढाए। त्यस्तै ३१ औं मिनेटमा मुलरले व्यक्तिगत दोस्रो गोल गर्दा पहिलो हाफमा बायर्न ४-१ ले अघि रह्यो। दोस्रो हाफमा लुइस स्वारेजले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काउन चाहे पनि उनको प्रयास पर्याप्त हुन सकेन। उनले ५७ औं मिनेटमा गोल गरे पनि त्यसको ६ मिनेटपछि जोसुवा किममिचले बायर्नका लागि गोल थपे। त्यस्तै ८२ औं मिनेटमा रोबर्ट लेवान्डोस्की तथा ८५ औं र ८९ औं मिनेटमा फिलिपे काउन्टिन्होले बायर्नका लागि गोल थपे।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *