शिव भगवान् बनेर झारफुक गर्ने भन्दै बलात्कार गर्ने पक्राउ

२०७७ श्रावण ३१, शनिबार ०९:०४ गते २०७७ श्रावण ३१, शनिबार ०९:०४ गते २०७७ श्रावण ३१, शनिबार ०९:०४ गते

सल्यान, ३१ साउन । झारफुक गर्ने बहानमा बलात्कार गरेको आरोपमा सल्यान प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्लाको शारदा नगरपालिका ८ सिमखर्कका ३८ वर्षीय शंकर वलीले ४० वर्षीया भाउजु नाता पर्नेलाई झारफुक गरिदिन्छु भन्दै बलात्कार गरेको आरोपमा बिहिवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय सल्यानले जनाएको छ ।

गएको साउन २० गते राति बिरामी भाउजुलाई भगवती र आफु शिब भगवान बनेर एक्लै झारफुक गरे सन्चो हुन्छ भन्दै बलात्कार गरेको प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले बताउनु भयो । आँफु बिरामी भएको र देवरले आफुले फुकेपछि मात्र निको हुँने भन्दै एक्लै कोठामा बसाली रातको समयमा बलात्कार गरेको पिडितले बताइएको प्रहरीले जनाएको छ । शिवले भनेको नमाने अनिष्ट हुने भन्दै धार्मिक डरत्रास देखाई बलात्कार गरेको जाहेरीमा उल्लेख भएको प्रहरीले जनाएको छ । पिडित महिलाले बिहिबार जाहेरी दिएपछि आरोपितलाई बिहिबार नै पक्राउ गरी अनुसन्धानको लागी हिरासतमा राखिएको प्रहरी प्रमुख खतिवडाले बताउनु भयो । यो खबर समाचार पत्रले छापेको छ । एजेन्सी

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *