झाले हामीलाई बदनाम गर्न खोजियो – चौधरी

२०७७ भाद्र २, मंगलवार ११:२१ गते २०७७ भाद्र २, मंगलवार ११:२१ गते २०७७ भाद्र २, मंगलवार ११:२१ गते

सिरहा । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका वडा नम्बर – ४ बस्ने जगन्नाथ झाले आपूmहरुलाई झुठा आरोपहरु लगाएर बदनाम गर्न खोजिएको झाबाट पीडित रहेका सगेन चौधरी र अनिल चौधरीले बताएका छन् । गोदाम भाडामा लिएर व्यवसाय सञ्चालन गरी भाडा माग्दा उल्टै आफुहरुमाथि झाले अनेक किसिमको जालझेल आफुहरुमाथि गरीरहेको उनीहरुले सोमबार पत्रकार सम्मेलन गरी जानकारी गराएका छन् ।

अनलाईन मिडियामा झाले झुठो बोलेर समाचार लेखाएको र आफूहरुलाई बदनाम गर्न खोजिएको उनीहरुले जानकारी गराए । सहीसत्य बुझेर समाचार प्रकाशन/प्रशारण गरिदिन उनीहरुले संचारकर्मीहरुसँग आग्रह गरेका छन् । ‘सिरहाको लहान नगरपालिका वडा नम्बर – १ की दिदी कन्चन चौधरीको स्वामित्वमा रहेको गोदाममा झाले ३÷४ वटा गाडी राखी व्यवसायिक प्रयोजनको लागि भाडामा लिई व्यापार सञ्चालन गरेको थियो । केही समयपछि उनले व्यापार बन्द गर्‍यो ,’ पत्रकार सम्मेलनमा सगेन चौधरीले भने,‘व्यापार बन्द गरेरपनि एउटा बा १ ख ८२७४ नम्बरको ट्रक लगेनन् । जग्गामा निर्माण कार्य सुरु भइरहेको हुँदा ट्रकले समस्या भइरहेको थियो । आफ्नो बाँकी भाडा तिरेर गाडी लैजान झालाई बारम्बार ताकेता गर्दापनि आउन मानेका थिएनन् ।’

बारम्बारको ताकेतापछि पनि झाले ट्रक लिन नआएपछि सगेनको दीदी कंचन चौधरीले इलाका प्रहरी कार्यालय लहानमा असार २६ गते ठाडो उजुरी दिइन् । त्यति गर्दापनि झा आउन नमानेपछि असार ३१ आवश्यक कारवाहीको लागि जाहेरी दर्ता गराइएको कंचनले बताइन ।प्रहरीमा जाहेरी परेपछि झा सम्पर्कमा आएर व्यवहार मिलाउन सहमति गरेको सगेनले बताए । ‘व्यवहार मिलाउँछौँ भनेपछि हामी इलाका प्रहरी कार्यालयको बाहिर लेखनदासको कार्यालयमा २५ हजार रुपैयाँ भाडाको वापतको तिर्नेगरी सहमति साउन १५ गते भयो,’ सगेनले भने, ‘जगन्नाथ झा मिल परिसरमा गएर २० हजार रुपैयाँको चेक साउन १६ गते दियो र आफ्नो ट्रक सोहीदिन लगेको थियो ।’ ट्रक गोदामको परिसरभित्रबाट लगेको भिडियो र सिसिटिभी फुटेज रहेको उनले बताए ।

साउन १८ गते पैसा झिक्न बैंकमा जाँदा खातामा रुपैयाँ नहुँदा चेक पनि बाउन्स भएको छ । झाले साउन १५ गते गरेको सहमति कागजमा ०७४ चैत १० गतेदेखि कन्चनको हनुमान राइस मिलको कम्पाउण्डमा वर्षौदेखि छोडेको उक्त माल बाहक ट्रकको भाडा वापतको २५ हजार तिरेर ट्रक बुझिलिएको उल्लेख छ । सहमतिपछि कानुनी कारवाही वा उजुरी नगर्ने जनाइएको हो ।त्यसपछि भाडा वापतको रुपैयाँ तिराउन जगन्नाथले आफुलाई प्रहरीले दबाब दिएको आरोप लगाउँदै सर्वोच्चमा निवेदन पत्र दायर गरेका छन् ।

उनले इलाका प्रहरी कार्यालय लहानका डिएसपी शरत थापा क्षेत्री, इन्सपेक्टर सुवास खतिवडा, सगेन चौधरी, अनिल चौधरी र कन्चन चौधरीलाई विपक्षी बनाएको छ । साउन २७ गते सर्वोच्चले जारी गरेको आदेशमा १५ दिनभित्र विपक्षीहरुलाई लिखित जवाफ पेश गर्न भनिएको छ । डिएसपी थापाले चौधरी र झाको आपसी विवादमा आपूmले कुनै किसिमको दबाब नदिएको बताएका छन् । उनका अनुसार प्रहरीमा झा विरुद्ध जाहेरी परेपछि उनलाई प्रहरीमा सोधपुछको लागि बोलाइएको थियो । यता, जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ( डिएसपी ) विनोद घिमिरेको नेतृत्वमा छानबीन समिति गठन भएको हो । छानबीन भइरहेको डिएसपी घिमिरेले जानकारी दिए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *