सशस्त्र प्रहरी बल कृष्णनगर द्वारा औषधी नष्ट

२०७७ भाद्र २, मंगलवार १७:३६ गते २०७७ भाद्र २, मंगलवार १७:३६ गते २०७७ भाद्र २, मंगलवार १७:३६ गते

अजय मिश्र, कपिलवस्तु, भाद्र २ । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ बाट वेवारिसे अवस्थामा मेडिकल औषधी फेला पारी आज नष्ट गरिएको छ ।सशस्त्र प्रहरी बल नं ३९ गुल्म हे. क्वा.बाट खडा गरिएको अस्थायी पोष्ट लक्ष्मीनगर बाट सशस्त्र प्रहरी सहायक निरिक्षक भक्त वीर चौधरी को कमाण्डमा खटिएको सात जनाको टोलीले उक्त मेडिकल औषधी वेवारिसे अवस्थामा बरामद गरेको थियो ।

(Hemolab )३ बोतल, (Biogesic-Ap) १८ पिस, (Sorexin) १५ पिस, (Monocef) १३ पिस, (Aristo Smith) १ बोत्तल, (Cipladine) २ पिस, (Pilex Forte) १ पिस, (Hydrogen) १ बोतल, (Pilex) १ डिब्बा, (Cadila) ४ पिस, (Nutrolin-B syrup) ५ पिस, (Zytee-RB) २ पिस, (Amlokind-AT) ३० पत्ता, (Liversipzyme -DS) २ बोत्तल, परिमाण मा रहेको छ।

मेडिकल औषधी सशस्त्र प्रहरी, पत्रकार, कृष्णनगर स्वास्थ्य चौकी का प्रतिनिधि जमाल अहमद लगाएत को उपस्थित मा उक्त औषधी सशस्त्र प्रहरी बल नं ३९ गुल्म कृष्णनगर को प्राङगण मा खाल्डो खनी नष्ट गरिएको छ । उक्त नष्ट गरिएको मेडिकल औषधी को मूल्य नौ हजार पर्ने  सशस्त्र प्रहरी बल नं ३९ गुल्म हे. क्वा. का सशस्त्र प्रहरी निरिक्षक संगित भट्ट ले जानकारी दिएका छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *