जय जगदिशको जीवन संघर्ष र सफलता

२०७७ भाद्र ३, बुधबार १४:५६ गते २०७७ भाद्र ३, बुधबार १४:५६ गते २०७७ भाद्र ३, बुधबार १४:५६ गते

कोहि पनि रहर ले अपराधी बन्दैन, आखिर किन बन्छन त मानिस अपराधी? येही सेरोफेरो मा रही बन्दै छ चलचित्र दनाराज जस्मा फेरक भूमिका मा आउदै छन् जय जगदीश अधिकारी, शंकर अधिकारी घायल को लेखनर निर्देशन रहने चलचित्र लकडाउन खुले संगै फ्लोरमा जाने जानकारी गराउदै कलाकार जय जगदीश अधिकारी ले भने “मेरो एस चलाचित्रा फरक प्रस्तुति रहने छ, येहाहरुको साथ र सहयोग को लागि हार्दिक हृदय बाट नमन, हामी सबैको जयहोस ”
नेपालका चर्चित एक दर्जन जति कलाकारहरुको आवाज दुरुस्तै निकाल्ने खुवि भएका कलाकार हुन जय जगदिश अधिकारी, थान्सिङ्ग,लिखु गाउँपालिका-०६, नुवाकोटमा जन्मिएका उनी बालापनमा चञ्चले स्वभाबका थिए, सानैदेखि गाउँघरमा सबैले चतुरे,चङखे भनेर बोलाउँथे किनकि उनी गाउँघरमा सबैलाइ हँसाउँदै, बाख्रा, कुकुरको स्वर निकाल्दै हिडने गर्दथे,युनिक इन्टरनेशनल स्कुल जुन नाम परिवर्तन भएर अहिले व्रिलियन्ट भएको छ जहाँ वोर्डिङ स्कुलमा यूकेजी सम्म अध्ययन गरे त्यसपछि गाउँघर नजिकै रहेको नर्थ स्टार इङलिस वोर्डिङमा कक्षा ३ सम्म अध्ययन गरे, नर्थ स्टार इङलिस वोर्डिङमा त्यो भन्दा माथिको कक्षा नभएकोले श्री जनज्ञान निकेतन मावि हालको उमाविमा भर्ना भए, त्यहाँ कक्षा ९ सम्म अध्ययन गरे पछि १० कक्षा अध्ययनका लागि महेन्द्र उच्च मा.वि मा भर्ना भए ,उक्त विद्यालयबाट २०६२ सालमा एस.एल.सि उत्तिर्ण गरे ।
उच्च शिक्षा अध्ययनका लागि काठमाण्डौं आए र पिपल्स कलेजमा भर्ना भए, काठमाण्डौं आएपछि सानैदेखिको धोको पुरा गर्नका लागि ठाउँ खोजिरहेका उनले राष्ट्रिय नाचघर जमलमा अभिनयको कोर्ष खुलेको थाहा पाए र त्यहाँ जान थाले, अभिनयको कोर्ष सिक्दै गर्दा वरिष्ठ कलाकारहरुसँग चिनजान र घुलमिल हुन थाल्यो, विरेन्द्र हमालद्धारा सञ्चालित एम.आर थ्रियटर पुरानो वानेश्वरमा २ वर्ष काम गरे, उनका गुरु प्रभाकरदेव शर्माले धेरै कुरा सिकाए जुन कार्यले गर्दा पहिले सोचेका सपनाहरु विस्तारै पूरा हुन थाले । सुरुमा “लौ मा¥यो” टेलिफिल्मबाट अभिनयको यात्रा सुरु गरेका उनले धेरैबाट प्रशंसा प्राप्त गरे, त्यसपछि “पछुतो ” फिल्ममा काम गर्ने अवसर जु¥यो, काम गर्दै जाँदा प्रकाश ओझाद्धारा निर्मित “गाइ कि त्रिशुल ” हाँस्यव्यङ्ग टेलिसिरियलमा चार भागसम्मको अङ्कमा अभिनय गरे, प्रकाश ओझाकै “तिते करेली ” हाँस्यव्यङ्ग टेलिसिरियलमा साइड भुमिकामा केहि भागसम्म काम गरे, यसैगरी गोपाल अधिकारी ट्वाकेन्द्र मार्फत हाँस्यव्यङ्ग टेलिसिरियल “तितो सत्य ” मा अभिनय गरे, यसैगरी उनका गुरु उपेन्द्र तिमिल्सेनाले निर्देशन गरेका टेलिफिल्म “जीवन चक्र ” मा अभिनयको यात्रा गर्दागर्दै अध्ययनको शिलशिलामा लन्डन प्रस्थान गरे, लन्डनको विविध कार्यक्रममा सहभागि पनी भए।

सन २०१२, २०१३, २०१४, २०१५ मा लण्डन,इंग्ल्याण्ड मा विविध कार्यक्रममा सहभागि भएर आफ्नो प्रस्तुती प्रस्तुत गरे, सन २०१६ मा नेपाल फर्किए, नेपालमा आए लगत्तै अभिनयको पाटोलाइ निरन्तरता दिदै नेपाल टेलिभिजन को लागि कृषि सूचना विभागको प्रस्तुति भरोसा मा अभिनाये संगै सहायक निर्देसन संगै मेडिया संयोजक सहित अन्य कामहरु साथमै गर्दै छन।

अभिनय सँगसँगै हिमालय टेलिभिजनमा हाँस्यव्यङ्गको कार्यक्रम तात्तो न छारो , टु मच, र जय होस् पनी सञ्चालन गरेर अनुभव बटुलिसकेका उनी भोलीका दिनमा पनी कलाकारीता क्षेत्रमै लागिरहने बताउँछन, कलाकारीता क्षेत्रमा लागे सँगसँगै विभिन्न क्षेत्रबाट सम्मानित र प्रशंसित भएका छन, उनी के.टि.भि फिल्म बोटानिकाद्धारा सम्मान(२०६५),भुतपूर्व व्रिटिस आर्मि यू.के समाजद्धारा सम्मान (२०६६),नेपाली एकता समाज फ्रान्सद्धारा सम्मान (२०७०), एन.आर.एन फ्रान्सद्धारा नयाँवर्षको कार्यक्रममा सम्मान (२०७१),गुरुङ्ग समाज फ्रान्सद्धारा सम्मान (२०७२),नेपाल नाट्य सांस्कृतिक संस्थानद्धारा उत्कृष्ठ अभिनय अवार्ड (२०७४) लगायतका थुप्रै सम्मानहरु प्राप्त गरिसकेका छन ।
घरपरिवारबाट साथ र सहयोग प्राप्त गर्दै आएका उनी यो क्षेत्रमा यहाँ सम्म आइपुग्न सफल भएको श्रेय आफ्नो आमा,वुवा र दाइलाई दिन्छन ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *