भेन्टिलेटर नकिन्ने सरकारलाई १०० दिनमा १००० भेन्टिलेटर अभियानमा सांसद राजभण्डारीको १ लाख सहयोग

२०७७ भाद्र ३, बुधबार १५:०३ गते २०७७ भाद्र ३, बुधबार १५:०३ गते २०७७ भाद्र ३, बुधबार १५:०३ गते

काठमाडौं, १ भदौ: नेपाल भेन्टिलेटर सर्भिसले सञ्चालन गरेको सय दिनमा एक हजार भेन्टिलेटर अभियानमा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभाका सांसद दिब्यमणी राजभण्डारीले एक लाख रुपैयाँ हस्तान्तरण गरेका छन् । कोरोनाको महामारी बढ्दै गएको र संक्रमितले उपचार नपाउने दुखद अवस्था रहेको भन्दै उनले आफुले पाउने पारिश्रमिकबाट १ लाख रुपैयाँ सहयोग गरेका हुन् । अहिले हामी संसदमा १७५ जना छौ सम्पुर्ण सांसदले संसद कोषबाट २५/२५ लाख रुपैंया मात्रै सहयोग गर्यौ भने १५० वटा भेन्टिलेटर किन्न सकिन्छ र त्यसबाट थुपै्र नेपालीको ज्यान बच्ने सांसद दिव्यमणी राजभण्डारीले बताए । तर त्यसतर्फ कुनैपनि सांसदले चासो देखाएका छैनन् । त्यसैगरी विभिन्न संघसंस्थाले सहयोग गरे हामी कोरोना महामारीलाई जित्न विश्वास समेत राजभण्डारी राखेका छन् ।

‘कोरोना महामारी बढ्दै जाँदा संक्रमितहरुले उपचार नपाउने अवस्था आउनु दुखद हो । संक्रमणको कारण गम्भीर बिरामी परेका व्यक्तिहरुलाई कृत्रिम स्वासप्रश्वासको आवश्यक्ता पुरा गर्न यो अभियान सहयोगी हुने बिश्वास लिएको छु’ सहयोग रकम हस्तान्तरण गर्दै सांसद राजभण्डारीले भने, ‘अस्पतालहरुमा आवश्यक्ता भन्दा अति नै कम भेन्टिलेटर भएको कारण गम्भीर बिरामीले समेत प्रयोग गर्न अभाव देखिएको छ ।’‘अहिलेको विषम परिस्थितिमा भेन्टिलेटरको अभावका कारण कसैले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले भेन्टिलेटर बैंकलाई सहयोग गरेको हुँ’ सांसद राजभण्डारीले भने, ‘यस्तो अवस्थामा यो अभियानमा जोडिन पाएकोमा खुसी व्यक्त गर्दछु । साथै सम्पूर्ण बिवेकशील नेपाली नागरिकहरुलाई यो अभियानलाई सहयोग गर्न अपिल समेत गर्दछु ।’

कोरोना प्रभाव बढ्दै जाँदा सांसद राजभण्डारीले संसद तथा संसदको समितिमा पटक पटक ध्यानाकर्षण गराउँदै आएका थिए । राजभण्डारीले स्थानियस्तरमा पनि कोरोना प्रभावितहरुको लागि सहयोग गरेका थिए । सांसद राजभण्डारीले निम्न तथा मध्यमवर्गीय व्यवसायीहरुका लागि आफ्नो विजिनेस कम्प्लेक्सको भाडामा पनि छुट समेत दिएका थिए ।सामाजिक कार्यमा अग्रणी भूमिका खेल्दै आएका सांसद राजभण्डारीले ‘सय दिनमा एक हजार भेन्टिलेटर अभियान’मा हौसला दिंदै जोडिएकोमा हौसला मिलेको नेपाल भेन्टिलेटर सर्भिसेजका संस्थापक डा। विशाल ढकालले बताए ।

विभिन्न संघ, संस्था तथा व्यक्तिहरु समेत अभियानमा जोडिने क्रम सुरु भएकोले समयभित्रै उद्येश्यमा पुग्ने विश्वास लिएको डा.ढकालले बताए ।भेन्टिलेटरको अभावको कारणले गर्दा कोभिड १९ का सिकिस्त बिरामीले उपचार नपाएर मृत्युसम्म भएका घटना बाहिरिन थालेपछि नेपाल भेन्टिलेटर सर्भिस सय दिनमा एक हजार भेन्टिलेटर उपलब्ध गराउने उदेश्यले अभियान सुरु गरेको छ ।नेपाल भेन्टिलेटर सर्भिसलाई परोपकारी संस्थाको रुपमा स्थापना गरिएको हो । भेन्टिलेटर लगायतका सघन उपचारका उपकरणहरुको अभावमा कसैले ज्यान गुमाउनु नपरोस् भन्ने उदेश्यले अभियान सुरु गरेको ढकालले बताए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *