युथ काङ्ग्रेस नेपालद्वारा प्रदेश न.२ को संयोजकमा राजलाई मनोयन

२०७७ भाद्र ६, शनिबार ०७:३७ गते २०७७ भाद्र ६, शनिबार ०७:३७ गते २०७७ भाद्र ६, शनिबार ०७:३७ गते

बिरगंज , भदै ०५ गते शुक्रबार । यूथ काङ्ग्रेस नेपालले प्रदेश न.२ को संयोजकमा रमेश कुमार राजलाई मनोयन गरेको छ। युथ काङ्ग्रेस नेपालले लोकतान्त्रिक समाजवादका सिद्धान्तहरूको असफल पुराना अभ्यासहरूको परिवर्तनका सवालमा वकालत गर्दै विधिको शासन,राष्ट्रियता , प्रगतिशिलता ,  स्वतन्त्रता तथा सं विधानद्वारा प्रदत्त समानताको हकलाई प्रश्रय दिने उदेश्यका साथ गठित लोकतन्त्र विचारधाराको राजनीतिक संस्था हो।  यस संस्थाले देशव्यापी रुपमा उच्च अध्ययन गरि सामाजिक क्षेत्रमा सेवा गर्दै आइरहेको र नेपालमा लोकतान्त्रिक विचारधारा प्रति आस्था राख्ने युवाहरुको संगठन निर्माण गर्दैछ।

यस संस्थाको हालको कार्यक्रमहरुमा राजनीतिक शिक्षा (पोलिटिकल लिट्रेसि), संगठन र युवाहरुको राजनैतिक क्षमता अभिवृर्दि तथा देशव्यापी रुपमा विधिको शासन तथा लोकतान्त्रिक पद्धती निर्माणका लागि अभियानहरु संचालन गर्ने लक्ष्य राखिएको छ। यसै सन्दर्भमा प्रदेश न.२ को संयोजकमा रमेश कुमार राज लाई बिहिवारका दिन देखि जिम्मेवारी दिएको हो । राज प्रदेश न.२ को सप्तरी जिल्ला निवासी हुनुहुन्छ र वहाँ अन्तराष्ट्रिय सम्बन्ध तथा कुटनीतिशास्त्रका अध्येता हुनुहुन्छ। उहाँ चीन सरकारको बिआराई छात्रवृति अन्तर्गत रिसर्च फेलोसीप सकेर हाल नेपालमै अध्ययन अनुसन्धान गर्दै हुनुहुन्छ।  यस बाहेक उहाँ सामजिक अभियन्ता पनि हुनुहुन्छ । यूथ काङ्ग्रेस नेपालले हाल सम्म १४ जिल्ला तथा ३ वटा प्रदेशमा संगठन विस्तार गरिसकेको छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *