अब पहुँचवाला विरामीले मात्रै भर्ना हुन पाउने

२०७७ भाद्र ६, शनिबार ०८:३६ गते २०७७ भाद्र ६, शनिबार ०८:३६ गते २०७७ भाद्र ६, शनिबार ०८:३६ गते

काठमाडौं । कोरोना भाईरस संक्रमण पुष्टि भएका जटिल प्रकृतिका विरामीहरुलाई समेत भर्ना गर्न अफ्ठेरो हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिफारीस र समन्वयमा मात्रै काठमाडौं उपत्यकाका अस्पतालहरुले आईसोलेसन र आईसियूमा भर्ना गर्न पाउने भएका छन् । के तपाईको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पदाधीकारीहरुसंग सिधै पहुँच छ । यदि पहुँच छ भने मात्रै आइसोलेसन र आईसीयुमा विरामीले भर्ना पाउँछ । स्वास्थ्य मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले एक विज्ञप्ती जारी गर्दै तोकिएका व्यक्तिहरुको सिफारीस र समन्वयमा मात्रै भर्ना लिन उपत्यकाका अस्पतालहरुलाई उर्दी जारी गरेको छ ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारी,डा.माधबप्रसाद लम्साल, डा.नवराज जोशी र डा.कुम्भराज जोशीको सिफारीसमा मात्रै अस्पतालमा कोभिड १९ का भर्ना हुनुपर्ने अवस्थाका विरामीहरुले भर्नाका लागि अनुमति पाउनेछन् । मन्त्रालयका आइसीएस कोर्डिनेटर एबम् निती योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. गुणराज लोहनीले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, ‘त्यस अस्पतालमा कोभिड १९ को लागि छुट्याइएको आईसोलेसन तथा आइसीयु बेडहरुमा विरामी भर्ना गर्नुपर्दा क्लिनिकल म्यानेजमेन्ट टिमको सिफारीस र समन्वयमा मात्र भर्ना गर्नुहुन निर्देशन गरीन्छ ।’ एजेन्सी। 

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *