लमजुङ । लमजुङमा एक व्यक्तिले चितुवासँग भिडेर बाँचेका छन् उनकै आक्रमणमा चितुवा मेरको छ । जंगल नजिकै घर भएका बेसीशहर नगरपालिका– ९ साम्दी गाउँ निवासी ६७ वर्षीय हरिबहादुर थापालाई बिहान घाँस काट्न खेतमा जाँदा आहारा खोज्दै हिडेको पोथी चितुवाले एक्कासी आक्रमण गरेको थियो ।‘मलाई चितुवाले आक्रमण गर्दै गरेको छोरा रणजंग थापाले देखेछन् र मलाई वचाउन आए ।’ हरिबहादुरले भने ‘मसँग भएको खुर्पाले त्यसलाई हान्न भ्याएको थिए ।’ उनले दब्रे हातले चितुवाको आक्रमण छिक्दै दाईने हातमा भएको खुर्पाले चितुवालाई आक्रमण गरेको बताए । ‘छोरा आएपछि दुवै जना चितुवासंग १० मिटेन जति कुस्ति खेल्यौ ।’ हरिबहादुरले भने ‘ खुर्पाको चोटले चितुवा थाक्दै हुँदै गयो र आक्रमण गर्छ छाड्यो ।’
‘बुवाको साथमा खुर्पा नभएको भए, उहाँलाई चितुवाले सिध्याउथ्यो, म टुहुरो हुनबाट बचेँ ।’ छोरा रणजंग थापाले भने । चितुवाको आक्रमणबाट वचेका बुवा हरिबहादुरको दाहिने हातमा र चोर औंलामा चोट लागेको छ भने शरिरका अन्य भागमा चितुवाको नंग्राले सामान्य कोरेको उनका छिमेकी शिव थापाले बताए ।घाइते हरिबहादुरको उचपारका लागि जिल्ला सामुदायिक अस्पताल बेसीशहर ल्याइएको थियो । उनको प्राथमिक उपचारपछि रेविजको खोप जिल्लामा नभएका कारणले काठमाडौं रिफर गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नयाव उपरीक्षक गंगाबहादुर थापाले बताए ।जिल्ला सदरमुकाम बेसीशहर नगरपालिका– ९ को साम्दी गाउँमा आइतबार सो घट्ना भएको जिल्ला वन कार्यालयले बताएको छ । सो घट्ना विहान ८ बजेको समयमा भएको जिल्ला वन कार्यालयको भनाई छ ।
उक्त घटनामा मरेको चितुवाको लम्बाई ५ फुट ६ इन्च, उचाई १ फुट ११ इन्च र र गोलाई १ फुट १० इन्च रहेको डिभिजन प्रमुख मोहन काफ्लेले बताए । ‘यस्तो अवस्थामा कानुन नलाग्दैन । तर पनि हामीले थप अनुसन्धान भने गर्छौ ।’ काफ्लेले भने । सो चितुवालाई डिभिजन वन कार्यालय परिसरमा ल्याएर प्रहरी, सञ्चारकर्मी, स्थानीय लगायतको रोवहरमा खाडल खनेर पुर्ने काम डिभिजन कार्यालयले गरेको छ ।राहत सहयोग सम्बन्धी निर्देशिका २०६९ मा बन्यजन्तुबाट मानिसको मृत्यु भएमा आश्रित परिवारलाई १० लाख रुपैयाँ, घाइते भएमा २ लाख रुपैयाँ र त्यति रकम पनि अपुग भएमा संघ सरकारले थप रकम दिने प्रावधान छ ।
जंगली बन्यजन्तुहरु चितुवा, हात्ती, बाघ, भालु, अर्नाले पु-याउने मानवीय, पशुधन र अन्नबालीको क्षतिको राहत उपलब्ध गराउने प्रावधान रहेको छ । बन्यन्तुको आक्रमणबाट मानिस तथा पशुको मृत्यु वा घाइते भएमा, अन्नबालीको नोक्सानी भएमा वा भण्डारण गरेको अन्नपातको नोक्सानी भएमा सम्बन्धित कार्यदलको सिफारिसको आधारमा राहत उपलब्ध गराउने उल्लेख छ । पशुधनको क्षति भएमा स्थानीय बजार मूल्य अनुसार राहत उपलब्ध गराउने व्यवस्था छ ।यो घट्नामा घाइतेको अवस्था सामान्य रहेकाले उपचार पश्चात् सबै प्रक्रिया पुरा गरेपछि उपचार खर्च दिन सकिने डिभिजन प्रमुख काफ्लेले जानकारी दिए ।
Views: 0