कपिलवस्तुको विजयनगरको सिमानामा बिओपी क्याम्प राखिँदै

२०७७ भाद्र ७, आईतवार १८:१७ गते २०७७ भाद्र ७, आईतवार १८:१७ गते २०७७ भाद्र ७, आईतवार १८:१७ गते

राम प्रघट कोरी। भदौँ ६ –कपिलवस्तु।  कपिलवस्तुको विजयनगर गाउँपालिकामा पर्ने नेपाल–भारत सिमानामा बर्डर आउट पोष्ट (बिओपी) क्याम्प राखिने भएको छ । सुदुर पश्चिममा पर्ने अति विकटक्षेत्र वडा नंं. १ मधनगराको सिमानामा बिओपी राख्न लागेको गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले बताउनुभएको छ । नेपाल सरकारको अवधारण अनुसार उत्तर दाङ सिमानासम्म नजिक कुनै पनि बिओपी नरहेको र खुल्ला सिमाना रहेकोले सुरक्षा निगरानी बढाउन बिओपी क्याम्प राख्न लागेको थापाले बताउनुभयो । जिल्ला सशस्त्र प्रमुख एस.पी.धुव्र कार्की, जनप्रतिनिधि लगायत टोलीले शनिवार स्थलगत अनुगमन गरेको छ । दुई महिनाभित्र सम्पूर्ण संरचना तयार गरी बिओपी अस्थाई रुपमा स्थापना गरिने प्रमुख कार्कीले प्रतिबद्धता जनाउनुभएको छ । उक्त बिओपीको सम्पूर्ण संरचना तयार गर्नको लागि गाउँपालिकाले सक्दो सहयोग गर्ने बताईएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *