गरिब असहाय परिवार लाई सहयोग गर्दै आएका मौलाना अब्दुल मन्नान सल्फी को निधन

२०७७ भाद्र ७, आईतवार १८:२१ गते २०७७ भाद्र ७, आईतवार १८:२१ गते २०७७ भाद्र ७, आईतवार १८:२१ गते

कपिलवस्तु, भाद्र ७। कपिलवस्तुको कृष्णनगर मा रहेको जामिया सिराजुलवलुम अलसल्फिया मा करिब चौबीस बर्ष देखि शिक्षा दिदै आएका समाजिक र धार्मिक सहिष्णुता सदैव कायम गरि समाजमा रहेका गरिब असहाय परिवार लाई सहयोग गर्दै आएका मौलाना अब्दुल मन्नान सल्फी को स्वास्थ्य मा समस्या आए पछि उपचारका लागि बुटवल लैजाने क्रममा उहांको निधन भएको विघालय परिवार लेे जनाएको छ। उहाको जन्म ई. सं.१९५९ डिसेंबर मा भएको थियो। जामिया सिराजुलवलुम अलसल्फिया झन्डानगर मा शिक्षा दिदै आएका उहां समाजिक र धार्मिक काममा बढी सहयोग गर्दै आएको ले केही दिन अगाडी राष्ट्रीय मदरसा संघ नेपाल ले एक कार्यक्रममा मौलाना अब्दुल मन्नान सल्फी लाई सम्मानित समेत गरेका राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय उपाध्यक्ष शैख जैस मक्कीले बताउनु भयो।

वहाको आतमा को चिर शान्ति र जन्नत मा आला मुकाम पाऊनको लागि प्राथना गरि यस्ता दुखद समयमा प्र.अ.शैख खुर्शीद शल्फी,शैख अब्दुल रसीद मदनी, खालिद सिराजी, अब्दुल अजिम मदनी, डा. सईद, मौलाना असलम मदनी, वसिउल्ला मदनी, मौलाना मुजिबुद्दिन मदनी, राष्ट्रीय मदरसा संघ नेपाल का राष्ट्रीय अध्यक्ष डा अब्दुल गनी अलकुफी लगायत पुरै मदरसा परिवार वहा को परिवारको साथ दिने प्रतिबद्धता समेत जनाएका छन।वहाको देहान्त ले पुरै प्रदेश का मुस्लिम समुदाय दु:खी भएको र उहाले आफ्नो जिवन कालमा दिएका योगदान प्रति हामी अभारी रहेको र वहा प्रति प्रदेश का मुस्लिम समुदाय ले जन्नत माआला मुकाम पाऊनको लागि प्रार्थना गर्दै शोक कुल परिवार को साथमा प्रदेश का जनता र ५नं.प्रदेश मदरसा बोर्ड परिवार वहा को साथ रहेको मदरसा बोर्ड का उपाध्यक्ष मौलाना मसहूद खा नेपाली ले बताउनु भयो। मौलाना मन्नान सल्फी राम्रो व्यक्तित्व भएका मिलनसार व्यक्ति थिए ।

उहां इमानदार, सहयोगी र राम्रो छबि भएका व्यक्ति थिए । उहां कसै संग ईर्ष्या नगर्ने र सबैसंग मिलनसार हुने व्यक्तित्व रहेका राष्ट्रीय मदरसा संघ नेपाल का राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कुफि ले बताउनुभयो।जामिया सिराजुलवलुम अलसल्फिया का अध्यक्ष समीम अहमद नदवी ले पुरै विद्यालय परिवार शोकाकुल रहेको र विद्यालय लाई ठूलो क्षति भएको र अक्त क्षति पूर्ति हुन मुस्किल रहेको बताउनु भयो। सोहि विद्यालय का उपाध्यक्ष डा. मंजुर खां ले उहाले आफ्नो जिवन कालमा दिएका योगदान प्रति हामी अभारी रहेको बताउनु भयो। वहाको अन्तिम शंस्कार आज २ बजे झण्डानगरको काब्रिस्तान मा हुने समय निश्चित भएको मौलाना मसहूद ले बताएका छन्।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *