कपिलवस्तुमा पनि १५ गते सम्म निषेधाज्ञा

२०७७ भाद्र ७, आईतवार २१:५२ गते २०७७ भाद्र ७, आईतवार २१:५२ गते २०७७ भाद्र ७, आईतवार २१:५२ गते

धनी राम काेरी । कपिलवस्तु , ७ भदौ । कपिलवस्तु मा एक हप्ताको निषेधाज्ञा आइतबार (आज) राति १२ बजे सकिन लागेको बेला आइतबार दिउँसो बसेको बैठकले लकडाउनलाई भदौ १५ गते राति १२ बजेसम्म निरन्तरता पाएकाे छ । जिल्लामा कोरोना भाइरसको संक्रमण बढ्दै गएको अवस्थामा हालकै लकडाउन यथावत् राखिएको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुद्धारा जारी सूचनामा उल्लेख छ । बैंक तथा वित्तिय संस्था भने विहान ८ बजे देखि १० बजेसम्म न्यूनतम कर्मचारी राखेर खुलाउन सकिने प्रशासनले स्पष्ट पारेको छ ।

जिल्ला भित्र का सबै किसिमका व्यापार , व्यवसाय जस्तै चिया पसल , खाजा घर , हाेटर र रेष्टुरेन्ट अन्य समेत बन्द भएको छ । यस अगाडी गत विहीबार देखि जिल्लामा नीजि सवारी साधन जोर विजोर प्रणालीबाट सञ्चालनको अनूमति थियो । त्यो अनूमति पनि खारेज भएको छ । कपिलवस्तु जिल्ला भित्र अत्यावश्यीक वस्तुहरु काे ढुवानी ( खाद्यान्न, तरकारी, फलफूल, दुध पेट्रोलियम पदार्थ, ग्याँस, औषधि, पानी, पशुपंक्षी, दाना) ,एम्बुलेन्स , शवबाहन र राजमार्ग भएर गुड्ने सवारी साधनहरु ( जिल्ला भित्र अाेर्लिने र चढ्न नपाउने गरी ) बाहेक यस जिल्ला भित्र गुड्ने सबै प्रकारका निजी र भाडाका सवारी साधन सञ्चालन पाइने छैन ।

जिल्लामा कोरोना भाइरसको संक्रमण बढ्दै गएको अवस्थामा हालकै लकडाउन यथावत् राखिएको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुद्धारा जारी सूचनामा उल्लेख छ । बैंक तथा वित्तिय संस्था भने विहान ८ बजे देखि १० बजेसम्म न्यूनतम कर्मचारी राखेर खुलाउन सकिने प्रशासनले स्पष्ट पारेको छ । अत्यावश्यक सेवा बाहेक सरकारी कार्यालयहरुबाट प्रदान गरिने सेवा पुर्ण रुपा मा गरिएको छ ।  साथै खाद्यान्न तथा तरकारी किनमेलका लागि दैनिक बिहान ८:०० बजे देखि १०:०० सम्म समय ताेकिएकाे छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *