कुलमान घिसिङको कार्यकाल ४ वर्ष थप !

२०७७ भाद्र १०, बुधबार १०:२० गते २०७७ भाद्र १०, बुधबार १०:२० गते २०७७ भाद्र १०, बुधबार १०:२० गते

काठमाडौं, १० भदौ: मंगलबार बसेको मन्त्री परिषद बैठकले कुलमान घिसिङलाई नै विद्युत प्राधिकरणको प्रमुख पदमा निरन्तरता दिने निर्णय गरेको भन्ने खबर अहिले सामाजिक सञ्जालमा भुसको आगो झै फैलिएको छ ।भर्खरै पुर्वप्रधानमन्त्री समेत भैसकेका जसपाका बरिष्ठ नेता डा. बाबुराम भट्टराई सम्बन्धि एक रिपोर्ट बजाए पश्चात प्रेस काउन्सिलको कालो सुचिमा रहेको माउन्टेन टिभीको अधिकारिक आनलाइनले यो खबरको पुष्टि गरेको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले समेत भर्खरै सामाजिक संजाल मार्फत मन्त्री परिषदको बैठक जारी रहेको फोटो सार्वजनिक गरेता पनि यो समाचार झुठो हो भन्ने प्रतिक्रिया भने दिएका छैनन्।

सामाजिक संजालमा हाँस्य कलाकार सिताराम कट्टेल धुर्मुस देखि लिएर दिपकराज गिरी सम्मले यो खबर आफ्नो सामाजिक संजालमा शेयर गर्दै कुलमान घिसिङ्गलाई दोश्रो कार्यकालको बधाई दिन भ्याइसकेका छन्। कुलमान घिसिङ्गको सत्कर्म प्रतिको जनमोह हो या फेरिपनि हिजोका दिन झैं १८ घण्टासम्म अन्धकारमै बस्नुपर्ने स्थिति दोहोरिएला भन्ने त्रासले हो यति बेला करोडौं जनता कुलमान घिसिङ्गको दोश्रो कार्यकालको प्राथनामा जुटेका छन्।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *